मन्दिरको ‘भेटी’ले चलेका यी विद्यालय

Supa Deurali Temple
लाेकपाटी न्यूज

अर्घाखाँची १२ असोज । अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार धेरै भीड हुन्छ । यस मन्दिरमा वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् ।१० शिक्षकलाई तलब पुगेको छ ।

‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन ।,’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने– ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ यहाँका १८ मध्ये ४ जना शिक्षक मात्रै स्थायी छन् ।

‘भेटी’ कै रकमले विद्यालयमा रहेका १० शिक्षकमध्ये ४ लाई तलब दिन पुगेको छ । मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले बताए ।

मन्दिरबाट प्राप्त हुने रकमकै कारण धेरैजसो गुरुङ, मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।