फेरि अनशन बस्छु : डा. गोविन्द केसी

Dr-Kc-
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले अर्को अनशन गर्ने चेतावनी दिएका छन् ।

व्यवस्थापिका संसदको वर्षे अधिवेशनमा चिकित्सा शिक्षा विधेयक पारित नगरेपछि डा. केसी रुष्ट हुँदै फेरि अनशन गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार केसीले प्रेस विज्ञप्ति जारी गर्दै संसदको यही अधिवेशनले विधेयक पारित गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् । यसअघि सरकारले डा. केसीसँग विधेयक पारित गर्ने सहमति प्रतिवद्धता जनाएको थियो । तर, सहमतिअनुसार सदनमा विधेयकको मस्यौदा पेश हुन सकेन ।

संसदको वर्षे अधिवेशन बिहीबार नै सम्पन्न भइसकेको छ । डा. केसीले सरकारको आलटाल गर्ने मनसाय देखेपछि १६ औं पटक अनशन गर्ने चेतावनी दिएका हुन् ।