भिटोफद्वारा तीन नयाँ पर्यटकीय गन्तव्य घोषणा

destination
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज । गाउँ पर्यटन प्रबध्र्दन मञ्च नेपाल (भिटोफ–नेपाल) ले ३ वटा गाउँलाई भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकास सँगै नेपाल समृद्धितर्फ अगाडी बढने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राइनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण पत्रसहित सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रबध्र्दनका लागि आवश्यक निती ल्याउन आग्रह गरे ।

सिम्खडाले राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउँदै कम लगानीमा नै पर्यटनमार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्थर उकास्न सकिने बताए ।