यस्ता छन् मुटु रोगका लक्षण तथा बच्ने उपाय

Heart Attack
लाेकपाटी न्यूज

असोज १३, काठमाडौं । आज विश्व मुटु दिवस ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइदै छ ।

विश्वमा एक वर्षमा दुई अर्ब मानिसहरुको मुटु रोग वा हृदयघातका कारण ज्यान गएको छ । मुटु रोगबाट बच्न र बचाउन के गर्ने तल हेर्नुहोस :

लक्षण

  • छातीको बीच भागमा दुख्ने, गह्रौ बस्तुले थिचे जस्तो हुने
  • छातीको दुखाई बायाँ हाततिर सर्नु
  • पेटको बीचमा अत्याधीक दुखाई हुनु
  • चिटचिट पसिना आउनु
  • वाकवाकी लाग्नु तथा बान्ता हुनु
  • डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
  • विशेष गरी मधुमेहका रोगी तथा वृद्धाहरुलाई अचानक असहज तथा स्वाँ–स्वाँ हुनु
  • वृद्धाले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
  • थोरै गतिविधि गर्दा पनि असहज र थकाई लाग्नु

      बच्ने उपाय

  • चुरोट र रक्सी–जाँडको सेवन पूर्णरुपमा बन्द गर्ने
  • कोलेष्टेरोल नियन्त्रण गर्ने
  • रक्तचापलाई नियन्त्रणमा राख्ने
  • मधुमेहको उचित उपचार
  • तौललाई नियन्त्रणमा राख्ने
  • स्वस्थ आहाराको सेवन (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने)
  • मानसिक तनाव र रिस कम गर्ने
  • प्रदुषणबाट बच्ने
  • दैनिक आधा घण्टा हिडडुल गर्ने
Tags