१५ हजार नेता – कार्यकर्ता नेकपामा प्रवेश, को–को गरे प्रवेश ?

Party Prabes
लाेकपाटी न्यूज

काठमाडौं, १५ असोज । राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन् ।

दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराए ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय जनता सर्लाहीका पूर्व अध्यक्ष नागेश्वर महतो, नेपाल पिछडावर्ग महासंघका महासचिव मनाई महतो, राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष भरत महतोले नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको जानकारी दिए ।

उक्त पार्टीमा देशभर १३ हजार कार्यकर्ता क्रियाशील रहेको महतोले बताए ।

पार्टी प्रवेश गराउँदै नेकपा महासचिव विष्णु पौडेलले नेकपा पार्टी प्रवेश गरेर गल्ती गर्यौ भन्ने महसुस हुन नदिने बताए ।

Tags