भयवादमाथि बिमर्श : किन हुन्छ बलात्कार ?

writer dinesh
‘महाभारत’मा लोकमा सर्वप्रिय बनेका राजा शान्तानुले ज–जसलाई स्पर्श गर्थे, ती सबै बुढा पनि तन्नेरी हुन्थे, दुखी सबै सुखी हुन्थे, बुढो मुसा पनि जवान भएको तथ्य भनिरहनु नपर्ला । मानिस भयमुक्त अवस्थामा नै ज्यादा अन्नत महशुस गदर्छन् ।
  • 212
    Shares
लाेकपाटी न्यूज

– दिनेश लिम्बु

अहिले वुद्वको देश अशान्त छ । वुद्वत्व मनहरू बरालिरहेका छन् । नरभक्षीहरूले चेली निर्मला पन्तहरूलाई दिनप्रतिदिन ‘सोक्पा’ले जसरी लुछिरहेका छन् । अभिभावकहरू त्रसित छन्, छोरीचेलीहरू भयले आक्रान्त छन्, दास युगमा ‘यौनदासी’को नाउँमा, सामन्ती युगमा ‘देवदासी’को नाउँमा र आधुनिक युगमा ‘माल’को नाममा महिलामाथि बलात्कार निरन्तर जारी छ । बर्बर समाजमा भएका बलात्कार आफ्नै ठाउँमा छ । तर, शिक्षित मानवहररूको ‘बैकुण्ठ’ भनिएको सभ्य पूँजीवादी युगमा पनि निरन्तर जारी छ ।

भेद यति हो कि, पौराणिक बलात्कार ‘ईश्वर’का उत्तराधिकारी (देउता, राजा वा शासकहरूबाट भएकाले बलात्कारीहरू अज्ञेय, नठम्याइने ब्रह्माको ‘प्रच्छन्न’ भनियो । निर्मला पन्तको पनि पाशविक सतित्व नासपछि सायद यसरी नै तथ्यहरू अदृश्य बनाइँदैछ । २०३८ सालमा पोखरामा भएको नमिता, सुनिता काण्ड पनि ‘भगवान’ विष्णुका अवतारी शिष्य मण्डलीहरूबाट भएकाले बलात्कारीहरू अझैसम्म विष्णुका ‘प्रच्छन्न’ भएका छन् । नित्शेको भयले ‘ईश्वर’ परमधाम भएपछि नित्शेले शिष्य मण्डलीहरूलाई महामानव घोषणा गरिदिए । यी नै महामानवहरूको ‘भयवाद’ नै वर्तमान उत्तरआधुनिक राज्यको स्वतः आतङ्गक हो ।

बलशावलीले अचेतनमा भएका आफ्ना रहरहरू होस् वा उतेजनाका पाशविक क्रिडाहरू ‘भयवाद’को साम्राज्यबाट यसरी नै पूरा गर्दा रहेछन् । बलात्कारी वा अपराधी त भयवादी स्रष्टाको दण्डित वा पुरस्कृत ‘कृति’ हो, जहाँ तथ्यसत्य विनाका कृतिम प्रतिबिम्बक दीलिप विष्ट जस्ता पात्रहरू ‘रचना’ गरिन्छ, अनि ताडना नृत्यबाट सावित गरिन्छ कि अपराधी भनेको राज्यहीन निराश्रय मानिस ।

(क) झुर दार्शनिकको उदय

बर्तमान नेपाली समाजलाई नैतिक ह्रास र सामाजिक विकृतिले पैदा गरेको मनोवैज्ञानिक त्रासदी एवं दर्शन, साहित्यको क्षेत्रमा देश सुब्बाको ‘भयवाद’ले एकैपटक भीषण पाशविक हमला गरिरहेको छ । दार्शनिकहरू भन्छन्, ‘नयाँले नक्कल गर्छ, सिद्वहस्तीले चोर्छ ।’ हाम्रा प्रायः लेखक धेरैजसो ‘विधा’मा चोर्न र नक्कल गर्न माहिर छन् । यो नक्कलझक्कलको भीडबाट एकजना नक्कले दार्शनिक देश सुब्बाको उदय भएको छ ।

सुब्बा, मानसिक भय वा त्रासलाई दर्शनसँग जोड्न कन्धनी कस्दैछन् । कुतर्क गरेर होस्, जतिसुकै कनेर वा औकातभन्दा ठूलो कुरा कथेरै भयवादी दर्शनको सत्यता सावित गर्दैछन् । मुला वुद्व र कपिल केका दार्शनिक ? मुला जैमिनी र अक्षयपात केका दार्शनिक ? मुला हेगेल केका द्वन्द्ववादी दार्शनिक ? मुला फारबाख र माक्र्स केका भौतिकवादी दार्शनिक ? मुला डार्विन, प्लेटो, नित्शे, रसेल बार्थ, रोजेन, मेकियाभेली केका दार्शनिक ? उनीहरू त भ्रान्तिमान् मनुवा मिथ्या दार्शनिक हुन् ।

भारतले बलात्कार रोक्न विश्वमै धेरै (यौन कोठी) सञ्चालन गर्यो । तर, महिला हिंसा र बलात्कार भारतमै धेरै हुन्छ । फाँसीको व्यवस्था भएका देशहरूमा पनि महिला बलात्कार हत्या र हिंसा झनै बढ्दो छ । आधुनिक युगलाई छोडेर उत्तरआधुनिक युगको प्रारम्भिक चरणमा प्रवेश गरेका बेलायत, अमेरिकामा त राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च ओहदाका ब्यक्तिहरू महिला हिंसा र अनैतिक यौन काण्डमा मुछिएका छन् ।

उत्पत्ति, विकास र रूपान्तणको दर्शन, अन्तिम सत्यको दर्शन त सुब्बाकृत ‘भयवाद’ पो हो त । मानौं प्रचण्डकृत दश वर्षे जनयुद्व र १९ दिने जनक्रान्तिले संघीय गणतन्त्र संस्थागत गरी विश्वलाई नयाँ शान्तिको विचार दिएन, बस् सुब्बाकृत भयवादले दियो । विचार, सिद्वान्त, दर्शन, राजनीति, सामाजिक मूल्य–मान्यता नैतिकता, जनसंस्कृति र साझा पहिचानप्रति सुब्बालाई एक छेस्को पनि मतलव छैन । किनभने यी समस्त दर्शनहरू भयको उपज थियो भने भयवादको अब भयवादलाई ख्याति र अम्वरत्वले निषेध गर्नुछ । अनि ऐकान्तिक इहलोकका एकल भयवादी मर्मज्ञ बन्नु छ । आखिर चोर्नु पनि एउटा महान कला हो ।

(ख) आध्यात्मिक भयवाद

पूर्वीय नाट्यशास्त्रका प्रवर्तक भरत आचार्यद्वारा उल्लेखित भय रसको सिद्वान्तलाई विभाव, अनुभाव र सञ्चारीभाव अन्तर्गत (निर्वेद, दैन्य, श्रम, मद, जडता, औग्य, मोह, आवेग, विबोध, सप्न, मरण, असलता, गर्व, अपस्मार, अमर्ष, निन्द्रा, अवहित्था, औत्सुक्य, उन्माद, शङ्का, स्मृति, मती, ब्याधी, सन्यास, हर्ष, असूया, विषाद, धृति, चपलता, ग्लानी, चिन्ता, वितर्क) तेत्तीस रसनिष्पातमा उल्लेख गरेका छन् । निर्वेदको अर्थ खिन्न भाव, दैन्यको अर्थ गरिबी भाव, मदको अर्थ मदिरा सेवनबाट पैदा हने नशालु भाव, जडताको अर्थ अचेतन बुझाईको भाव, मरणको अर्थ निधनले पैदा गर्ने वियोगान्त भाव आदि । यी सम्पूर्ण प्राचीन मानवीय सम्वेदनाहरू ‘नियतिवाद’ले सिर्जना गरेका हुन् ।

दुख र सुख भनेको भाग्यको खेल भनेर भरतले भय रसको सिद्वान्लाई आदर्शीकरण गर्दै चेतना प्रधान व्याख्या गरेका छन् । भौतिकवादी दृष्टिकोणबाट हेर्दा आध्यात्मिक दर्शनले पौराणिक नारीलाई ९क्भह जभबखभल० को रूपमा व्याख्या गरेको छ । गोकुल, स्वर्गलोक र वृन्दावन भनेको पुरूष वेश्यालय थियो, जसलाई ‘देवराज्य’ भनियो । देवन्याय अधर्मी देवहरूका लागि इतिहासमा आदर्श र आकर्षक कथा लेखनका लागि थियो । देवकाव्य पौराणिक राजकीय कामुक महानायिका वा देवदासकी नितम्बबिम्ब थियो भने ‘धर्मयुद्व’ समागम नीति ।

प्राचीन मानव सभ्यता यी नै नितम्बिनी महानायिकाहरूको केन्द्र थियो । जस्तैः हिमाली सुन्दरी ‘पार्वती’का कामुकीले शिव र जालन्धकबीच महासङग्राम भयो । विष्णुले अनैतिक युद्व गरेर जालन्धरका कामुक नायिका वृन्दासँग सहवास गरे । ब्रह्माले छोरी नितम्बिनी देवी सरस्वतीसँग सहवास गरे । ईन्द्रले सारा शक्ति प्रयोग गरेर गुरु गौतमको पत्नी मधहोसी ‘अहिल्या’सँग सम्भोग गरे । कृष्णको द्वारिका आफ्नै रासलिलाले खरानी भयो । ‘रामायण’मा राम र रावणबीच युद्व दिव्य सुन्दरी ‘सीता’का कारणले भयो । ‘महाभारत’मा प्रतापी राजा सन्तनु पुत्र राजकुमार ‘देवव्रत’ले ‘सत्यवती’सँग राजगद्दी त्याग्न भीष्म प्रतीज्ञा गर्नुपर्यो ।

पाण्डव र कौरव बीचको युद्वको मूख्य भूमिकामा काम्यक ‘द्रोपती’ पनि छिन् । यो तथ्यहरूले के पुष्टि गर्छ भने पौराणिक र प्राचीनकालीन राज्यहरूमा देउता वा राजाहरूको राजकीय असमानता, विभेद, युद्व, भय, असुरी माया, असुरी बिवाह, नारी हिंसा र पासविक क्रिडाजस्तो दानवी कुकर्मबाट पौराणिक वा प्राचीन असुर प्रजाहरू भयभित एवं अशान्त थिए । यस कारण अशान्ति, युद्व, हत्या, हिंसा र बलात्कारको जरो धर्म संस्कृति र सामाजिक परम्परामा छ । र, त्यो धर्म संस्कृति र सामाजिक परम्पराको जग अर्थतन्त्रमा छ । यसको संरचनात्मक भौतिक उत्पादनले दक्षिण एसियालीहरूको ‘जीन’ हिंस्रक कामुक बनाइदिएको छ, जसलाई हामी जैविक आवश्यक्ता पनि भन्छौं ।

यसरी पूर्वीय दार्शनिकहरूले अमूल्य समय ‘ईश्वर’को तलास तथा दुराचारी राजा र शासकहरूको देवत्वकरण गर्दैमा खेर फाले । पूर्वीय दर्शनले ‘ऋग्वेद’ संसारमा जेठो भएको दावी गरेता पनि विश्वलाई शक्तिशाली विचार भने ‘वुद्व’ले पहिलो भौतिकवादी दर्शनमार्फत् दिएका छन् । बिडम्वना, हामीले बुद्व पाएर वुद्वत्व चिन्न सकेनौं । चीन, जपान र कोरियाले बेलैमा चिन्न सक्यो, जसको प्रयोगले (नानो प्रविधि) को विकासमार्फत् आर्थिक समृद्वि हासिल गरिरहेका छन् ।

(ग) पश्चिमा भयवाद

प्रभू जिसस क्राइष्टका उत्तराधिकारी पोपको ईश्वरीय राज्यको भ्रष्टाचार, बलात्कार र अनैतिक पाप कर्मबाट आजीत पश्चिमाहरू, अब सबै कुराको व्याख्या ईश्वरीय दर्शनले होइन, आधुनिक राजनीतिक राज्यले गर्ने भन्दै धर्मले मान्छेका सबै निजत्वलाई परलौकिक भयले नियन्त्रण गरेकाले मानिस अज्ञानी, दुष्ट भएका कारण समाजमा स्वार्थको टक्कर बढी भयो । महिला हिंसा र बलात्कार ज्यादै भयो, त्यसैले त्यसबाट मुक्त हुन व्यक्तिगत स्वतन्त्रता र यौन स्वच्छन्दतामा जानुपर्छ भनियो । वैयक्तिक स्वतन्त्रता मूख्य हो, विचार, सिद्वान्त, नैतिकता, संगठन, पार्टी र समुदाय होइन भनियो ।

प्राचीन मानव सभ्यता यी नै नितम्बिनी महानायिकाहरूको केन्द्र थियो । जस्तैः हिमाली सुन्दरी ‘पार्वती’का कामुकीले शिव र जालन्धकबीच महासङग्राम भयो । विष्णुले अनैतिक युद्व गरेर जालन्धरका कामुक नायिका वृन्दासँग सहवास गरे । ब्रह्माले छोरी नितम्बिनी देवी सरस्वतीसँग सहवास गरे । ईन्द्रले सारा शक्ति प्रयोग गरेर गुरु गौतमको पत्नी मधहोसी ‘अहिल्या’सँग सम्भोग गरे । कृष्णको द्वारिका आफ्नै रासलिलाले खरानी भयो । 

यसरी ब्यक्तिमा केन्द्रित बहुलवादी दर्शन, राजनीति, खुला बजार अर्थनीति, विज्ञान, प्रविधि, पाश्चात्य संस्कृति र स्वच्छन्द साहित्य–कलाको विश्व जगतमा पश्चिमा एकछत्र राज चलिरहँदा असमानता, युद्व, महिला हिंसा बलात्कार हत्या, भ्रष्टाचार र दुराचारको भयवादबाट संसार मुक्त हुनुपर्ने हो । भारतले बलात्कार रोक्न विश्वमै धेरै (यौन कोठी) सञ्चालन गर्यो । तर, महिला हिंसा र बलात्कार भारतमै धेरै हुन्छ ।

फाँसीको व्यवस्था भएका देशहरूमा पनि महिला बलात्कार हत्या र हिंसा झनै बढ्दो छ । आधुनिक युगलाई छोडेर उत्तरआधुनिक युगको प्रारम्भिक चरणमा प्रवेश गरेका बेलायत, अमेरिकामा त राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च ओहदाका ब्यक्तिहरू महिला हिंसा र अनैतिक यौन काण्डमा मुछिएका छन् । मानव इतिहासमा पश्चिमा सभ्यताले जति अरू कुनै सभ्यताले यति धेरै भयभित बनाएको थिएन ।

दार्शनिक निष्कर्ष

भयवाद कुनै दर्शन होइन, समसामयिक शासकीय परिस्थिति वा प्रकृतिको पाशविक घटनाले पैदा गरिदिने चेतना हो । जसलाई हामी डर, त्रास र भय भन्छौं भने पश्चिमाहरूले ‘फोयिवा’ भन्छन् । भयभित परिस्थितिबाट भयभित चेतना उत्पादन हुन्छ । शान्तिपूर्ण वातावणबाट शान्तिपूर्ण चेतना उत्पादन हुन्छ । वैज्ञानिक प्रयोगबाट वैज्ञानिक चेतना उत्पादन हुन्छ । आध्यात्मिक संरचनाबाट आध्यात्मिक चेतना उत्पादन हुन्छ । निरास मनबाट निरास चेतना पैदा हुन्छ ।

जबसम्म असमानता, विभेद, हत्या हिंसा र बलात्कारी चेतना उत्पादन गर्ने (भौतिक संरचना) रहन्छ, तबसम्म समाजमा महिला हिंसा, बलात्कार र हत्या भई नै रहन्छ । कानून, सजाय र दण्ड ‘सर्ट ट्रम भिजन’ हो । यसको फाइदा बलशालीहरूले उठाई रहेका छन् । भौतिक जीवनको उत्पादन सम्बन्धले चेतनाको विकास गर्छ, चेतनाले भौतिक जीवनको होइन । यदि इन्द्रीयलाई प्रभाव पार्ने वस्तु छैन भने इन्द्रीयमा पनि खाली ‘स्पेस’ मात्र रहन्छ ।

जीव विज्ञानमा रेडियो क्रियाले परमाणुको भित्री संरचनामा गुणात्मक परिवर्तन गर्दा एक परमाणु अर्को परमाणुमा र एक वस्तु अर्को वस्तुमा रूपान्तरण भई जाति परिवर्तन हुन्छ । तर, ‘जीन्स’को परिस्थिति जस्ताको तस्तै रहयो भने जाति पनि जस्ताको तस्तै नै भइरहन्छ । आधुनिक अनुसन्धानमा वैज्ञानिक अर्ये रोटेनवर्गका अनुसार मानिसको चेतना वा मनोविज्ञान वायोकेमिकल र हर्मोनमा आधारित न्यूरोट्रान्समिटर भएको पत्ता लागेको छ । यसले पनि चेतना स्वतन्त्र नभएको र वाहिरको वातावरणीय स्थितिले निर्धारण गर्ने प्रमाणित हुन्छ ।

नकारात्मक चेतना सक्रिय भएको बेलामा मानिसको रस स्रावक ग्रन्थी धेरै खर्च हुन्छ, जसले गर्दा मानिस कि मानसिक रोगी हुन्छ या त हिंस्रक प्रवृतिको हुन्छ । जसरी अमेरिकाको भयले उत्तरकोरियाले विनासकारी हतियार उत्पादन गर्न बाध्य छ ।

‘महाभारत’मा लोकमा सर्वप्रिय बनेका राजा शान्तानुले ज–जसलाई स्पर्श गर्थे, ती सबै बुढा पनि तन्नेरी हुन्थे, दुखी सबै सुखी हुन्थे, बुढो मुसा पनि जवान भएको तथ्य भनिरहनु नपर्ला । मानिस भयमुक्त अवस्थामा नै ज्यादा अन्नत महशुस गदर्छन् । त्यो बेला मानिसको न्यूरो केमिकल (एण्डरफिन्स हर्मोन) सक्रिय हुन्छ । एण्डरफिन्स हर्मोन सक्रिय भएको बेला मुसा पनि स्मार्ट भएर दिएको ट्रेनिङ लामो समय सिकेको पत्ता लागेको छ । यसको अर्थ भयरहित शान्त वातावरणमा मानिसको सिर्जनशील क्षमता दोब्बर हुने देखियो । र, स्वस्थ, निरोगी र संस्कारी पनि ।

डर, त्रास र भयभित अवस्थामा मानिसको (एड्रिनलिन हर्मोन) सक्रिय हुन्छ । यो हर्मोनले सिर्जनशीलताको क्षय गर्छ । नकारात्मक चेतना सक्रिय भएको बेलामा मानिसको रस स्रावक ग्रन्थी धेरै खर्च हुन्छ, जसले गर्दा मानिस कि मानसिक रोगी हुन्छ या त हिंस्रक प्रवृतिको हुन्छ । जसरी अमेरिकाको भयले उत्तरकोरियाले विनासकारी हतियार उत्पादन गर्न बाध्य छ । अहिले विश्व जगत अमेरिकाको भयले आक्रान्त छ भने अमेरिका पनि विश्वसँग भयभित छ । यसकारण ‘भयवाद’ आफैमा विनासवाद हो ।

सुब्बाकृत बर्तमान भयवाद आध्यात्मिक र पश्चिमाहरूले खडा गरिदिएका अज्ञानता, आर्थिक, राजनीतिक, सामाजिक असमानता, क्षेत्रीय, जातीय, नश्लीय, भाषिक, धार्मिक, विभेद, छाडा (भल्लगर) संस्कृति, कला र साहित्यले उत्पादन गरिदिएको समष्टिगत भयभित चेतना हो । उक्त भयवादले वर्तमानमा साम्राज्यवादी इतरको हित रक्षा गरे पनि प्रकारान्तरमा उसैको विनास गर्दैछ भने नवीन विकल्प नजिकिँदै छ ।

भारवहन क्षमताभन्दा बाहिर गएपछि ध्वंश अकाट्य हुन्छ । द्वैतवादी दर्शन र बहुलवादी दर्शन अब संसारले धान्नै नसक्ने बोझ भएको छ । अबको विकल्प अद्वैतवादी दर्शन अर्थात् बुद्व र माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यसले मात्र संसारका सम्पूर्ण बिकृतिहरुको अन्त्य गर्न सक्दछ ।

यो पनि पढ्नुस्

साम्राज्यवाद के हो, ढल्छ कसरी ?