प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

Prime minister kp oli
लाेकपाटी न्यूज

सान होजे, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीले युनिभर्सिटी अफ पिसु कार्यक्रममा सम्बोधन गर्दै भने ‘शान्ति भनेको युद्धको अभाव होइन यो जबरजस्ती मौनता या घर्षणको सहष्णिुता हो ।

राजनीतिक, आर्थिक र सामाजिक र साँस्कृतिक रूपको फराकियो आयाम पनि हो।’ राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गरेका थिए ।उनी असोज १४ गते कोस्टारिकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका हुन् ।

राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गरेका थिए ।

उनी असोज १४ गते कोस्टारिकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका हुन् । प्रधानन्त्री ओलीले कोस्टारिकामा रहदा त्यहाँका विभिन्न विकासका आयोजनाको अवलोकन गरे । ओलीले हावाबाट बिजुली र पिरिस ड्यामबारे पनि जानकारी लिए । कोस्टारिकाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।