विश्वकै उत्कृष्ट प्रहरी बन्न आफ्नो आचरण सुधार्नुपर्छ : महानिरीक्षक सर्वेन्द्र खनाल

Sarbendra Khanal
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन् ।

मंगलवार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्न सोलुखुम्बु पुगेका महानिरीक्षक खनालले व्यवसायिक रुपमा प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै महानिरीक्षक खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको तर्क गर्दै आफ्नो आचरण र इमान्दारितमा सुधार गर्नुपर्ने बताए । खनालले भने, “नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्छ तर त्यसको लागि प्रहरी कर्मचारीहरूले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्यो ।”

महानिरीक्षक खनालले विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने बताए ।