यू १९ एसिया कपमा नेपालको सान्त्वना जित

Rohit kumar Poudel
लाेकपाटी न्यूज

काठमाडौं, १६ असोज । बङ्गलादेशमा भइरहेको यू (१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । यसअघिका दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो ।

नेपालको जितमा रोहित कुमार पौडेल र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे ।
Rohit

टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो । नेपालले ५ बल अगावै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालको जितमा रोहितले सर्वाधिक ९२ रन बनाए । सन्दीपले ६७ रन जोडे ।