नेपाल आइडलबाट चर्चा कमाएका झक्कड थापाको पहिलो गीत सार्वजनिक

Jhakkad Thapas New song
लाेकपाटी न्यूज

काठमाडौं १९ असोज । नेपाल आइडल सिजन एक बाट चर्चा कमाएका झक्कड थापाको स्वरमा गीत सार्वजनिक भएको छ । उनले नेपाल आइडलमा गाएको कमेडि शैलीको गीत धेरैले रूचाएका थिए ।

नेपाल आइडलमा गीतलाई कमेडी पाराले प्रस्तुत गरेका थापाले यस्तो राम्रो गीत बजारमा ल्याउलान् भन्ने कमैले सोचेका थिए । तर उनै झक्कड थापाले नयाँ ‘भेरी सेती’ बोलको गीत बजारमा ल्याएका छन् ।

दिनेश थपलियाको शब्दलाई बसन्त सापकोटाले संगीत गरेका छन् भने झक्कड थापाले स्वर भरेकबा छन् । गीत सबैले सोचेको भन्दा फरक बनेको हामी पाउन सक्छौं ।

गीत सुन्नको लागि तलको लिङ्कमा क्लिक गनुहोला ।