फागुन सत्रमा अनमोलको ‘क्याप्टेन’

Captain Anamol kc
लाेकपाटी न्यूज

काठमाडौं, २१ असोज । अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

धेरै पटक अनौपचारिक प्रदर्शन मिति तय गरेको यस चलचित्रले अब भने फागुन सत्र गतेलाई आफ्नो प्रदर्शन मिति पक्का गरेको हो ।

भुवन केसीको निर्माण रहेका चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । खेलाडीको कथामा निर्माण भएको चलचित्रमा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ । उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् ।

सामिप्यराज तिमल्सिनाको कथा रहेको चलचित्रलाई निर्देशक भट्टराईले नै लेखेका हुन् । सुदिप बराल डिओपी रहेको चलचित्रमा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ ।