नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्यो

Nepal-and-India-flag
लाेकपाटी न्यूज

काठमाडौं, २२ असोज । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ ।

विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएको छ । अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो ।

यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ । सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्