ल्यामो बने कलेज सेफ आइकनको बिजेता

लाेकपाटी न्यूज

डिएन घिसिङ, २९ असार । नाटकको सुभारम्भमा मञ्चन गर्दा जब कथा मुलधारमा प्रवेश गर्छ, सोनाम र ग्याल्मोको जोडी बिजोड प्रेममा फक्रन्छ । गाउँमा तिनपाने रक्सी पार्नेदेखि लिएर बन जंगलमा घाँस दाउरा सँगसँगै गर्दा त्यो क्षण जीवन्त देखिन्छ ।

प्रेम र वियोगान्तमा आधारित जहानियाँ राणा शासनको जग बसाउने जंगबहादुरको जीवनको उत्तराद्र्धसित जोडिएका यी पात्रहरूमा तामाङ इतिहास र मुलुकी ऐनमा कुनै बेला जार काट्ने प्रावधान शिल्पी थिएटरमा बिहीबार सोनाम र ग्याल्मो नाटक सप्पन्न भयो।

त्यो कानून बनाएका थिए उनै जंगबहादुरले । ‘जंगे कानून सबैले जानुन्’ नाटकमा कुर्लिन्छ जंगबहादुर । तर, भेष बदलेर उनकै सिकार क्याम्पको अस्थायी दरबारमा पुगेका सोनामले ‘कानून पालन’ गर्न खोज्दा के हुन्छ ?

कवि एवं नाटककार फूलमान वलले नाटकलाई नाटकीय शैलीमा जीवन्तता दिने प्रयास गरेका छन् । आफ्नो जीवन अर्धाङ्गिनीलाई जबर्जस्ती भगाएको र महाविछोडमा भावबिह्वल भएर सोनामले बद्लामा जंगबहादुरलाई सर्लाहीको पत्थरघट्टमा तामाङ जारले काटेको प्रसंगहरू रहन्छ ।

तामाङहरुको विवाह बन्धनमा बाँधिनुअघि तामाङ युवा–युवतीलाई माइती र जन्ती पक्ष दुवैमाझ राखेर कसम खाने र खुवाउने विधि हो चारदाम । यो विधिअन्तर्गत अन्तिममा ढोकामा भाले काटिन्छ, जसलाई जारको प्रतीक पनि मानिंदै आएको छ । कवि बिना थिङ्ग तामाङ भन्नुहुन्छ, ‘धेरै लामो समय बिति नसकेको भए पनि, मिथकजस्तै बन्नुपरेको यो जोडीको चुँडिएको खुसी इतिहास र तामाङ समुदायबीचको एक शक्तिशाली विम्ब हो ।’

उनले भनेकी छिन्, ‘पीडादायी इतिहासको कथा भए पनि सांस्कृतिक सघनता र ताम्बा दर्शनको आलोकमा नाटक सजिएको छ । पुरानो समयको कथा आउँदा थिएटरमा खस्ने ‘घाम अस्ताउन लागेजस्तो समयको घुर्माइलो प्रकाश’ र तामाङ समुदायले भोग्नुपरेको विगतबीच ठूलो सम्बन्ध छ ।

नाट्यकलाकार फुलकुमार तामाङले अभिनयको अन्त्यतिर ताम्बाको भुमिकामा भनेका छ्नूहामीले सुनेका हौं, पू्र्खाले भन्दै पनि आएको हो जार काट्ने तामाङ नै हो । अन्य किवदन्तीहरुमा पनि आ–आफ्नै ब्याख्या छन् । राजधानीको शिल्पा नाट्यशालामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको आतिथ्यमा भएको समापन कार्यक्रममा कलाकारहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।