‘नाइँ नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौँ । चलचित्र ‘नाइँ नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक भएको छ । ‘नाइँ नभन्नु ल’ का नाममा बनेको हालसम्मका ४ वटै चलचित्र सफल भएपछि नाइँ नभन्नु ल ५ निर्माण भएको हो । यो चलचित्रमा उनले नयाँ कलाकार सेड्रिना शर्मा र अभिषेक नेपाललाई ब्रेक दिएका छन् ।

भाद्र ८ गते चलचित्र हलमा लाग्नेछ । ‘नाइँ नभन्नु ल ५’ मा अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपालका साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी तथा स्वस्तिमा खड्काको जोडदार अभिनय देख्न सकिन्छ ।

हरिबोल भण्डारी तथा गौरी राज जोशीको लगानी रहेको चलचित्रमा बिकास आचार्य तथा सामिप्य राज तिमिल्सिनाको कथा रहेको छ ।