प्रहरीको एम्बुसमा परे चार जना तस्कर

police
लाेकपाटी न्यूज

काठमाडौ, २३ असोज । दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले नागढुङगाबाट मंगलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।
Smuggler

प्रहरीले विशेष सूचनाको आधारमा राति एम्बुस राखेर चेकिङ गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय सुराजन थापा, गोरखा जिल्ला बस्ने २३ वर्षीय सलिम मियाँ, स्याङ्जा रत्न नगर वडा नम्बर १ बस्ने २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय मानबहादुर नेपाली रहेको डिएसपी बोगटीले बताए ।

उनीहरूको साथबाट प्रहरीले ४ थान चितुवाको छालासमेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय पठाएको डिएसपी बोगटीले बताए ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्