एसिड प्रहार गर्ने पासवान जेल चलान

Ram Bahadur pasawan
लाेकपाटी न्यूज

रौतहट, २४ असोज । चन्द्रनिगाहपुरका दिदी बहिनीलाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रौतहट चन्द्रपुर नगरपालिका –६ का रामबाबु पासवानलाई जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको छ ।

आफनै छिमेकी चन्द्रपुर ६ बजारटोल कि १८ वर्षीया सम्झना कुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारी माथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पछि मंगलवार जिल्ला अदालतमा पेश गरेको र पुपक्र्षका लागि जेल चलान भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

रौतहट जिल्ला अदालतका न्यायाधीश अम्विका निरौलाको इजलासले आरोपी पासवानलाइ पुपक्र्षमा राखेर कार्वाही अगाडी बढाउने आदेश भएको रौतहट अदालत श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

एसिड प्रहारबाट गम्भिर घाइते भएकी सम्झना दासको गत असोज ८ गते काठमाडौं स्थित किर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

अभियुक्त पासवान एसिड प्रहार गरेर आफै विरामीको कुरुवा बस्न गएको अवस्थामा किर्तिपुर अस्पतालबाट प्रहरीले पक्राउ गरेको थियो। गत भदौ २६ गतेराति करिब १२ बजे सम्झना र सुस्मिता दास सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो । पक्राउ परेका पासवानको मोवाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीहरुको बयानको आधारमा अस्पतालबाट नै पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तेजाव प्रहार गरेर अनुहार कुरुप पारे ५ वर्ष देखि ८ वर्ष कैद र १ देखि ५ लाख सम्म जरिवाना, शरिरको अन्य भाग कुरुप बनाए वा शरिरमा पीडा गराएमा ३ देखि ५ वर्ष सम्म कैद र ५० हजार देखी ३ लाख जरिवाना हुने कानुनी व्यवस्था छ ।

एसिड पीडित परिवारलाई प्रदेश सरकारले ४ लाख रुपैया सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्