पाँच लाख घुस रकमसहित सरकारी वकिल पक्राउ

arrest
लाेकपाटी न्यूज

पोखरा, २४ असोज । उच्च सरकारी वकिलको कार्यालय पोखराका सह–न्यायाधीवक्ता घुस रकमसिहत पक्राउ परेका छन् ।

ठगी मुद्दाका प्रतिवादी पक्षसँग सर्वोच्च अदालतमा मुद्दाको पुनरावलोकलन नगरिदिने भन्दै सह–न्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा घुस माग्दा माग्दै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ५ लाख रुपैयाँ घुस रकमसहित थापालाई पक्राउ गरेको हो ।