रसियामा काम लगाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ

CIB
लाेकपाटी न्यूज

काठमाडौं, २४ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु. एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो ।

हालसम्म ३९ जना पीडितहरुबाट रु. ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् ।

उनीहरुले ४०–४५ जना व्यक्तिहरुसँग रकम र राहदानी सङ्कलन गरिसकेको खुल्न आएको छ । उनीहरुविरुद्ध आजै काठमाडौैं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्