पसिनाको मूल्य (कथा)

pasinako mulya
लाेकपाटी न्यूज

– देविका तिमिल्सिना

पण्डित बाबुलाल शास्त्रीका बाबु आमा सानै छँदा परलोक भएकाले बूढी पूmपूले उनलाई पालेकी थिइन्, हुर्काएकी थिइन् र शास्त्रीसम्म पढाएकी थिइन् । उनी जन्मिएका थिए नुवाकोटमा र गाउँ हो खनायखर्क कुमरी । पण्डितजीले पच्चीस वर्षको उमेर पुगेदेखि बिहे गर्न खोजेका थिए तर त्यही साल फूपूले पनि छोडेर गइन् । फूपूको सन्तान नभएकाले धर्मपुत्रको नाताले काजक्रिया उनैले गरे ।

फूपूको वर्षान्त पश्चात बिहे गर्ने धोको राखेका पण्डितले धेरै ठाउँमा कन्या खोजे । आफ्नो लागि आफैंले कन्या खोज्नु र घरबार केही नभएको, नाता गोता कोही नभएकाले कसैले कन्या दिएनन् । तेत्तिस वर्षको उमेर पुगि सक्दा सम्म बिहे नभएकाले उनी निराश भएर पशुपतिमा धर्मकर्ममा जुटे । उनी कर्मकाण्ड तथा बेद रुद्री राम्रै पढेकाले उनको आम्दानी राम्रो हुँदै गयो । यतिवेला उनी फूपूको घर मुड्खु छोडेर चावहिलमा डेरागरी बस्न थालेका थिए ।

यसै समयमा रामेछापबाट जलेश्वर महोत्तरीको भन्सारमा कलेक्टरको काम गर्न पुगेका जनकराज शर्मा घिमिरेले निकै सम्पत्ति आर्जन गरी धनुषाको रघुनाथपुरमा मौजा र जलेश्वरमा सुर्किको टिपकार गरेको घर बनाए । नोकर चाकर र सम्पन्नताको बीचमा उनको परिवार चलेको थियो । कसैले श्री ३ महाराज भीमशमशेरलाई जनकराजका बारेमा उजूरी हाल्यो । महाराजले आठपहरिया खटाई जनकराजलाई काठमाडौंमा पक्डाउ गरी ल्याए । जनकराजको सम्पूर्ण सम्पत्ति जफत गरियो । घर जग्गा जमिन सवै गुमेपछि उनकी श्रीमतीले चार छोरा र कान्छी छोरी सावित्रीलाई लिएर काठमाडौं आइन् ।

बस्ने खाने ठेगाना नभएकाले बानेश्वरमा मामा पर्ने ढुङ्गानाको घरमा शरण लिन पुगिन् । श्री ३ महाराजको आँखामा दोषी ठहरिएको परिवारलाई घरमा राख्न जोखिम हुने भएकाले मामाले पशुपति मृगस्थलीको विश्वनाथ मन्दिरको सत्तलमा दुई कोठा खोजी दिए । तेस्रो दिनमै बानेश्वर छाडेर जनकराजको परिवार मृगस्थली स¥यो । जनकराज सम्पन्न अवस्थामै हुँदा जेठी र माहिली छोरीको विवाह गरिदिएकाले दुवैको सिन्धुलीमा राम्रै घरजम थियो । कान्छी छोरी सावित्री जेठो छोरा टेकनाथ पछिकी थिइन् । जेठो छोरा टेकनाथ सो-ह वर्षका थिए । सावित्रीको उमेर ते-ह थियो । टेकनाथले पशुपतिमा घुमफिर गर्दागर्दै केही कमाउने बाटो समाए ।

टेकनाथ पशुपतिमा रुद्रीपाठ गर्थे, महास्नानकालागि जल भर्थे र टिका चन्दन बाँढेर आर्जन गर्न थाले । तर उनलाई कर्मकाण्ड, पूजा विधि र न्याश ध्यानबारे ज्ञान थिएन । यसै क्रममा उनको भेट बाबुलाल शास्त्रीसंग भयो । बाबुलालले टेकनाथलाई कर्मकाण्ड सिकाए र सहयोगी बनाए । बाबुलाल चावहिलमा डेरा गरी बस्थे र सँधै विहान तीनबजे पशुपति गएर नुहाइ धुवाइ गरी वलीवसुदेव (पितृ तर्पण, होम र पाञ्चायानको पूजापाठ) नित्य गर्ने गर्दथे ।

यसै क्रममा पण्डितजीले विहे गर्न चाहेको कुरा टेकनाथलाई थाहा भयो । उनले आमासँग सल्लाह गरेर वहिनी सावित्रीको विवाह पण्डितसंग गराए ।

यही कालखण्डमा पण्डित बाबुलाल शास्त्रीले घरवास जोडे । सातआठ आना जग्गामाथि काँचो इँट र परालले छाएको घरमा उनी श्रीमती सहित बस्न थाले ।

वरवधु बीचको उमेरको अन्तर त्यो समय वास्ता गरिन्न थियो । ते¥ह वर्षकी सावित्री र तेत्तिस वर्षका पण्डितजीको उमेरको खाडल धेरै थियो । त्यसैले उनको पहिलो सन्तान बिहे गरेको तेस्रो वर्षमा मात्र भयो । सन्तान पनि छोरै भएकाले पण्डितजीले पात्रो पल्टाएर घडीपला अनुसार शुभाशुभ हेरे । उत्तम योगमा जन्मेकाले पण्डित खूब रमाए र खुशी हुँदै सावित्रीलाई भने–ए ! पण्डितनी छोरो उत्तम योगमा जन्मेको छ । वालकलाई भुइँमा राखी देऊ त ! म मधु विलास गराउँदै स्नेहशिक्त हुन चाहन्छु ।

उनले पात्रोको अर्को पाना पल्टाउँदै थपे–यसको नाम तेजप्रसाद राख्नु पर्दछ । यसले विश्व व्रह्माण्डलाई उज्यालो पार्नेछ र मानवकल्याणकालागि पुण्य कार्यहरु गर्नेछ । यसका छत्रछायाँमा दुष्टदेखि शिष्टसम्मले सद्बुद्धि प्राप्त गर्ने छन् । यसको जन्मकुण्डलीमा यस्तो उत्तम योग परेको छ ।

सावित्रीले हलुको आङ गरेपछि पुत्र प्राप्तिको आनन्दले कम भएको प्रसव पीडा पण्डितको कुरा सुनेपछि पूरै सञ्चो भएको अनुभूत गरिन् । पण्डितका मुखतिर हेर्दै नवजात शिशुको गर्भे रौंहरुले ढाकिएको निधार सुम्सुम्याइन् र मानौं छोराको अनुहारमा सौर्य तेजको खोजी गरिन् । त्यसपछि पण्डिततिर मन्द मुस्कानले हेर्दै शिशुलाई भुइँमा राखी दिइन् । शिशु आमाको न्यानो काखबाट धर्तिको चीसोपनालाई आत्मसात गर्दै च्याँठिएर रोयो । पण्डितले दुवै हात लगाएर बोझ उठाए भैंm गरी छोरालाई काखमा लिंदै भने–सन्त र ज्ञानीहरु अरुलाई भुलाउन अज्ञानी भैंm भई दिन्छन् । मेरो पुत्र जो तेजोमय छ, मलाई झुक्याउन रोई दियो पण्डितनी !

यस पटक सावित्रीका अनुहारमा कुनै प्रतिक्रिया देखिएन । त्यो यस्तो आनन्दको क्षण थियो जहाँ आपूm हराएर अरुको अस्तित्वको वोध मात्र भई रहेको थियो । जहाँ पण्डितको माया सावित्रीबाट छोरामा र सावित्रीको माया पण्डितबाट छोरामा सरेकाले दुवै दम्पति बीचको मायामा रिक्तता वोध हुन्थ्यो । त्यसैले केही क्षण मौनतामा परिणत भयो ।

पण्डितको प्रत्यक्ष लालन पालनमा हुर्किएको छोरो औंलो चुस्ने बानीको भइदियो । पाँच वर्षको उमेर पुगेपछि तेजप्रसादलाई उनले वसन्त पञ्चमीका दिन सरस्वतीको मन्दिरमा लगेर अक्षरारम्भ गराए । तेजप्रसाद नाम राखिएको त्यस वालकले औंला चुस्दै अस्पष्ट “अ” उच्चारण गर्दा पण्डित पहिलो पल्ट छोरासँग झोक्किए । अष्पष्ट ध्वनीको उच्चारण गर्दै अक्षर चिन्न र शुद्धसंग बोल्न समेत उसले कैयौं महिनासम्म सकेन । पण्डितले “मन्द बुद्धि” भन्दै बातैपिच्छे गाली गर्न थाले । यसपछि उसको तेजप्रसाद नामै हराउँदै गयो र छरछिमेकका उसका वालसखाहरु पनि उसलाई “मन्द बुद्धि” भनेर बोलाउन थाले ।

पण्डितको चाहना थियो आपूmले शाश्त्रीमै पढ्न छाडेकाले छोरालाई आचार्य सम्म पढाउने तर काठमाडौंको अंग्रेजी पढ्नेहरुको हावाले गर्दा तेजप्रसादले संस्कृत पढेन । त्यसकारण पनि छोरासँग उनको त्यतिविघ्न अपेक्षा रहेन । म्लेक्ष भाषा (अंग्रेजी भाषा) पढ्यो भनेर उनी सँधै दिक्क मान्थे । पण्डितले छोराको पढाइमा ध्यान दिन छाडे । एक त उनलाई यतापट्टिको त्यति ज्ञान थिएन अर्को यो पढाइप्रति उनको खासै लगाव र आकर्षण पनि रहेन । त्यसैले उनी सावित्रीलाई भन्थे–छोरो कूलङ्घार भयो । यस्तो मन्दबुद्धिबाट के आशा गर्नु । पण्डितनी तिमीले मेरो शेषपछि कूलधर्म थेग्नु है !

समय अविराम अघि बढ्दै गयो । तेजप्रसाद विभिन्न कक्षामा फेल हुँदै सत्र वर्षको उमेरमा एसएलसी परीक्षामा सम्मिलित हुनपुग्यो । पहिलो वर्ष पूरै विषयमा उ फेल भयो । यस पटक उ अत्यन्त लजायो । बाबुको अगाडि पर्न पनि डरायो । अरुको अगाडि धक मान्ने र नबोल्ने हुँदै जान थाल्यो । एकान्तमा बस्नु र औला चुस्नु, मनमा तर्कनाहरु उठ्नु र कसैलाई केही भन्न नसक्नु जस्ता स्वभावहरु उसका बन्दै गए । तर पण्डितले छोराको जाँच विग्रेकोमा कुनै प्रतिक्रिया दिएनन् । मानौं उनकोलागि छोराले एसएलसी पास गर्नु वा नगर्नुमा कुनै फरक नभएको भान हुन्थ्यो ।

तेजप्रसादको मनमा भने र्ईष्र्या र जलनको ज्वारभाटा उर्लिरहेको थियो । उसका धनी साथीहरु ट्यूसन पढ्थे, कोचिङ्ग पढ्थे र बाबु आमाले घरैमा पनि पढाउँथे तर उसको त्यस्तो वातावरण थिएन । सवैले मन्दबुद्धि भनेर घोचपेच गरेको सम्भ्mयो र मनमनै अठोट ग-यो, म मेरा कमजोरीहरु पहिल्याउँछु । उसले थाहा पायो प्रश्नलाई गम्भिरता पूर्वक मनन् गरेर उत्तर लेख्नु पर्ने रहेछ । अर्को वर्ष जसरी पनि पास गर्दछु । उसले आपैंmमा प्रतिवद्धता जाहेर गर्यो । उसले आप्mनो पढ्ने तरिका आपैंm तय गर्यो । पुराना प्रश्नहरु खोजेर ल्यायो र उत्तरहरु लेख्न थाल्यो । हरेक प्रश्नलाई राम्रोसँग पढी उत्तर लेख्ने अभ्यासले गर्दा नआएको पाठ किताब पल्टाएर दोहोर्याइ तेहर्याइ पढ्न थाल्यो । त्यसैले दोस्रो वर्षको एसएलसी परीक्षा उसकोलागि कठिन भएन ।

परीक्षा सकेपछि उसलाई फुर्सद भयो तर यतिबेला नै पण्डित बिरामी परे । पण्डितको सर्वाङ्ग शरीर पहेंलो भयो । उनी अत्यन्त कमजोर भएकाले पशुपति जान सकेनन् । पण्डित चाहन्थे छोराले पशुपतिमा गएर आप्mनो बिंडो थामोस् तर तेजप्रसादले नत बाबुको जस्तो व्रह्मकर्म पढेको थियो नत उसलाई यो पेशाप्रति आकर्षण नै थियो, किनभने उसका साथी भाइहरु उसलाई केटाकेटी देखि नै टपरे बाहुनको छोरो भन्थे । यो शव्दले उसको हृदयमा कर्मकाण्डी कामप्रति घृणा र विकर्षण जन्माएको थियो । उसले मनमनै अठोट गरको थियो म यस्तो पेशा गर्ने छैन जसले मेरो छोराछोरीले भविष्यमा हेपिनु र अपमानित हुनु नपरोस् । बाबु छोरा वीचको मानसिक भिन्नता र द्वन्द्व सामाजिक रुपमा आ–आप्mनै खालका थिए तर यसलाई जोडेर बुझाइ दिने कुनै वौद्धिक सामाजिक सेतु उनीहरु बीच थिएन । जसले गर्दा बाबु छोरा वीचमा उभिएको तनाव आ–आप्mनै बुझाइमा हुर्किएर फरक फरक दिशातिर निर्देशित भइरहेका थिए ।

पण्डितले छोरालाई बोलाए – ए तेजे ! भोलि विहानदेखि तँ पशुपतिमा गएर म बस्ने ठाउँमा बस्नु र रुद्रीपाठ गर्नु । मानिसहरु आएर मलाई सोध्लान् बा विरामी भएकाले म आएको भन्नु ! केही दान दक्षिणा दिने छन् । अब तैंले काम गर्न थाल्नु पर्यो ।

बाबुको आदेश सुनेर तेजप्रसादको दिमाग रन्कियो । उसले झर्केर भन्यो – जान्न !
बिरामी पण्डित छोराको कुरा सुनेर रिसाए – यस मन्दबुद्धिले केही काम गर्ने भएन । धिक्कार छ ! छोरो भएर के गर्नु ?

उसले बाबुसँग गल्फत्ति गर्नु उचित ठानेन तर केही काम गरेर आम्दानी गर्नु पर्यो भन्ने अठोट भने उसले गर्यो । घरमा खर्चको आवश्यकता थियो । दिनका दिन पशुपतिमा गएर घर खर्च टार्ने पण्डित हिंडडुल गर्न नसकेको पन्ध्र दिन भइसकेकाले आमालाई चूल्हो बाल्न कठिन भएको कुरा तेजप्रसादले बुझेको थियो । त्यसैले उसले आप्mनो मिल्ने साथी अरुणसँग भन्यो– मैले केही काम नगरी भएन ! के काम गर्ने होला ? हाम्रो रिजल्ट पनि वैशाख जेठमा मात्र हुन्छ करीव तीन चार महिना अभैm बाँकी छ ।
म दाजुसँग कुरा गर्दछु – अरुणले भन्यो ।

अरुणको दाजु कुनै सरकारी कार्यालयमा अधिकृत थिए । एक दुई दिनसम्म त उसले साथीको मुख ताकेर बस्यो आखिरमा केही सीप लागेन भन्ने बित्तिकै कसले जागिर दिन्थ्यो । त्यसैले उसले एउटा ग्रील पसले साहु जसलाई उसले केटाकेटी बेला देखि चिनेको थियो उसकोमा गयो । तेजप्रसादले भन्यो – दाइ मलाई पनि काम गर्ने इच्छा लाग्यो, दिनु हुन्छ केही काम ?

ग्रील पसले कृष्ण शाक्य खुल्ला हृदयको थियो । उसले तेजलाई कहिल्यै नदेखेको मानिसलाई हेरे भैंm गरी हेर्यो र भन्यो – फलामको काम गर्न सक्छौ ?
गर्छु दाइ – तेजले छिट्टै उत्तर दियो ।
ल यो नापोमा बराबर हुने गरी डण्डी काट – साहु कृष्णले अरायो ।

तेजले खूब मनन् गरेर दिन भर काम गर्यो । फागुनको दिन विरक्त लाग्दो गरी घाम चर्कंदै थियो र आकाशमा तुवाँलोले ढाकेको थियो । कपडा फुकालेर उसले कृष्ण साहुको निर्देशन अनुसार फलाम काटी रह्यो । तीन बजे पछि कृष्ण साहुले भन्यो – तेज तिमी खाजा खान जाऊ, म घरमा खान्छु अनि आएर काम गरौंला ।

तेजले काम रोकेर कृष्णलाई हेर्यो । कृष्णले पनि तेजको आँखामा आँखा जुधाएर हेर्यो र भन्यो – तिमीसंग पैसा छ ? तेजले छैनको भाकामा टाउको हल्लायो । उसले दश रुपैयाँ खल्तीबाट झिकेर दियो र भन्यो – उ त्यो होटलमा चिउरा तरकारी खाऊ है !

बेलुका साढे पाँचबजे सम्म काम गरेर औजार तथा फलामे डण्डीलाई व्यवस्थित गरी कृष्ण र तेजले एकैचोटी हात खुट्टा धोए । तेजसंग कृष्णले उसको घर परिवारको बारेमा सोध्यो । तेजले पनि सबै कुरा साँचो बताएर भन्यो– घरमा बा विरामी हुुनु हुन्छ । पैसाको सारै खाँचो छ । घर खर्च टार्न आमालाई मुस्किल परेको छ । कृष्ण साहुले रुमालले हात खुट्टा पुछेर मुख धोयो र तेजको अनुहारमा हेर्दै भन्यो – त्यस्तो अप्ठेरो छ घरमा भने ल यो दुईसय रुपैयाँ लगी राख भोलिपर्सि हिसाव गरौंला ।

तेजको अनुहार चमक्क चम्कियो । उसले कृष्णको अनुहारमा हे¥यो, यो नेवार कृष्ण शाक्य होइन, साक्षात् भगवान कृष्ण हो जस्तो लाग्यो उसलाई । साँच्चिकै भगवान त काम गर्ने ठाउँमा भेटिदो रहेछ । उसले मनमनै भन्यो–बाबुले जीवनभर धर्मको नाउँमा जपतप गरेर पनि नभेटेको कृष्ण, आज उसले फलामे ज्यासलमा भेट्यो र आपूmलाई धन्य ठान्यो ।
उसले भन्यो – मैले धेरै काम गरेकै छैन, यत्रो पैसा कसरी लिनु ?

कृष्णले सम्झायो –गरीबको दुख गरीबलाई थाहा हुन्छ । दैनिक यहाँ आएर काम गर ! तिम्रो ज्यालाको हिसाव महिनामा गरुँला । काम पनि सिक आम्दानी पनि गर ! आप्mनो श्रममाथि विश्वास गर !

तेजले – हस् ! भनेर दुईसयका दुई नोट हातमा लिंदै मनमनै भन्यो – साँच्चै गरीबको मर्का गरीबले नै बुभ्mदो रहेछ । ज्ञानको धाक भन्दा पसिनाको मूल्य ठूलो रहेछ ।