महिलालाई किन थाहा हुँदैन हर्टअट्याक ?

heart attack
लाेकपाटी न्यूज

एजेन्सी। ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ। यस्तै, हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषको भन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ।

हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा पुरुषभन्दा युवा महिलाको मृत्यु हुने खतरा बढी छ।’ ‘दि जर्नल सर्कुलेसन’ मा यो अध्ययन प्रकाशित छ।

यस्तै अवस्था आयोवाकी ४२ वर्षीया मेलिसा मर्फीमा भयो। २ वर्षअघि मध्यराती २ बजे उनलाई एक्कासी छाती गार्‍हो भयो। सुरुमा उनले क्याफिनको कारणले होला भनेर वास्ता गरिनन्। तर अचानक उनको दिमागमा एउटा उपाय आयो। उनले श्रीमानसंग फोन मागेर अनलाइनमा ‘महिलामा हृदयाघातका लक्षण’ भनेर सर्च गरिन् । यहीबीचमा दुखाई बढ्दै थियो र दुखाई देब्रे बंगारामा भयो। अनि एम्बुलेन्स बोलाएर अस्पताल पुगिन्। समयमै उनको उपचार भयो।

अध्ययनअनुसार अधिकांश महिला तथा पुरुषमा हृदयाघातको लक्षणका रुपमा छाति दुख्ने हुन्छ ।तर महिलाहरुले कहिलेकाही छाति दुखेको महसुस नगर्ने हुन्छन्। सन् २००१ र २०१० का बीचमा गरिएको अध्ययनअनुसार अस्पतालमा हुने हृदयाघातका मृत्यु महिलामा ३.३ देखि २.३ प्रतिशत थियो भने पुरुषको मृत्यु २ देखि १.८ प्रतिशत देखिएको थियो।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक ४० सेकेन्डमा हृदयाघात हुने गरेको छ । बेलायतमा भने हरेक ७ मिनेटमा एकजनालाई हृदयाघात हुने गरेको च्यारिटी हर्ट युकेको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने मृत्युमध्ये कोरोनरी हार्ट डिजिजजस्ता मुटु रोग प्रमुख कारा हुने गरेको छ।

यस्तै, अगष्ट २००८ देखि जनवरी २०१२ को बीचमा अमेरिकाका १ सय ३ अस्पतालमा गरिएको अध्ययनअनुसार भर्ना भएका १८ देखि ५५ वर्षका मानिसमध्ये महिलाको संख्या २००९ थियो भने पुरुषको संख्या ९७६ थियो ।

महिलामा देखिने हृदयाघातको थप लक्षण
अपच

पेट दुखाई

घाँटी र बंगाराको दुखाई

नाडीमा पीडा र असजिलोपन

श्वास फेर्न अप्ठेरो हुनु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्