दुई विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न सम्झौता

लाेकपाटी न्यूज

काठमाडौँ, १० चैत । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ ।

दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो ।

मुख्य ४ बुँदा र ९ वटा सहायक बुँदामा शुक्रबार संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपाने र अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि डा बिहान ओल्सनले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले सम्झौताले वैदिक ज्ञानराशिलाई विश्व समुदायमा पस्कने बाटो खोलेको बताए ।

अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा न्यौपाने, अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि ओल्सनलगायतले नेपालमा भएका दार्श्निक ज्ञानलाई विश्व समुदायले उपयोग गर्न सक्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्