भ्यानलाई दूध बोकेको ट्यांकरले ठक्कर दिँदा दुईको मृत्यु, पाँच घाइते

Bus Driver
लाेकपाटी न्यूज

चितवन, ३१ असोज । कुरिनटारमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा १ झ ५६५ नम्बरको दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपाली र नाम नखुलेको एक बालक रहेका छन्। सोही घटनामा घाइते भएका पाँचजनामध्ये चारजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। मृतकहरू भ्यान र ट्याङ्कर कुनमा सवारी गरेको हो भन्ने पहिचान हुन सकेको छैन। दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ।