मेस्सी कप्तानका लागि अयोग्य छन् : म्याराडोना

Diego-Maradona
लाेकपाटी न्यूज

काठमाडौँ, १ कात्तिक । फुटबल लिजेण्ड डियोगो म्याराडोनाले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको आलोचना गरेका छन् ।

लियोनल मेस्सीको कप्तानी प्रभावकारी नभएको भन्दै उनले आलोचना गरेका हुन् । बुधबार राति खेलमा ब्राजिलसँग अर्जेन्टिना पराजित भएपछि त म्याराडोनाले मेस्सीको खुलेरै आलोचना गरेका हुन् ।

उनले भनेका छन्, ‘मेस्सीको मौन शैलीका कारण टिममा नराम्रो प्रभाव परेको छ । उनको कप्तानीमाथि धेरै प्रश्नहरु खडा भएका छन् ।’ यसबारे लियोनल मेस्सीले भने केही प्रतिक्रिया दिएका छैनन् ।