चीनले बनायो पानी र जमिन दुवैमा चल्ने विश्वकै ठूलो बिमान

china_amphibious
लाेकपाटी न्यूज

काठमाडौं । चीनले बनाएको विश्वको सबैभन्दा ठुलो जमिन र पानी दुवैमा चल्ने विमानले आफ्नो पहिलो उडान भरेको छ ।

शनिबार चीनको उक्त विमानले आफ्नो पहिलो उडान भरेको हो । अहिले चीनले निर्माण गरेको यो विमानको क्षमता १२ घण्टाको रहेको छ ।

चीनको यो विमानको नाम एजी६०० दिइएको छ । चिनियाँ सञ्चार माध्यमहरुले दिएको जानकारीअनुसार शनिबार हुबेई प्रान्तको जिङमेनमा ल्याण्ड गराइएको थियो ।

यस महिनाको सुरुवातमा यो विमानको परीक्षण पानीमा पनि १४५ किलोमिटरको गतिमा गराइएको थियो ।

यो विमानको प्रयोग सामुद्रिक घटनाहरुको उद्धारका लागि प्रयोग गरिने बताइएको छ । यो विमानको पहिलो परीक्षण गत डिसेम्बर महिनामा गरिएको थियो ।

यो विमानको पहिलो परीक्षणयता आठवटा गरिएको थियो । पानीमा गरिएको परीक्षणको क्रममा यसको गति ८० तथा १२० किलोमिटर प्रतिघण्टाको रहेको थियो । एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्