दुर्गामाताको नाममा ‘मालिका’ बनाएँ : रेखा थापा

Rekha Thapa
लाेकपाटी न्यूज

काठमाडौं । आफ्ना हरेक फिल्ममार्फत् महिला सशक्तिकरणको मुद्धा उठाइरहेकी अभिनेत्री रेखा थापा यस वर्षको दशैं जन्मथलो मोरङमा मनाएकी छिन् ।

कात्तिक १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ को प्रचारमा व्यस्त रेखा दशैंले खुसी र मनमोहक बोकेर आउने बताउँछिन् । दशैं उनका लागि विशेष पर्व हो ।

‘वर्षभरिको दुःख–पीडा भुलेर केही दिन निर्धक्क रमाउने चाड पनि हो दशैं । ठूलाबडाको हातमा आर्शिवाद थाप्नेदेखि सबै आफन्तसँग भेट हुन्छ’, उनी बाल्यकालको दशैं सम्झँदै अगाडि भन्छिन्, ‘पहिला दक्षिणा भनेपछि टीका लगाउने बित्तिकै खाम खोलेर हेथेँ । अहिले यसको मतलब लाग्दैन ।’

उनले दशैंमा टीका लगाउन जाँदा मामाबाट १ हजार दक्षिणा पाएको बिर्सिएकी छैनन् । ‘म कान्छी छोरी । सबैभन्दा कम दक्षिणा मलाई नै हुनुपथ्र्यो । तर, मलाई धेरै दक्षिणा भएको खाम परेछु, उनी हाँस्दै भन्छिन् । रेखा आफूले चाहेको सबै कुरा दशैंमा ठूलाबडाबाट पाएको आर्शिवादबाट पूरा भएको बताउँछिन् ।

उनले हरेक दशैंमा देशका लागि माता नवदुर्गासँग शान्ति र समृद्धि माग्दै आएको बताइन् । उनले दशैंमा दुर्गा र तिहारमा लक्ष्मीको पुजा गरिए पनि छोरीहरुको अवस्था दयनीय रहेको रेखा सुनाउँछिन् । छोरीहरुलाई उपभोक्ताको रुपमा हेरिने गरिएको उनको भनाई छ ।

‘राजनीतिमा पनि यो विभेद छ । यिनीहरु चुनाव लड्न सक्दैनन् । यिनीहरुलाई समानुपातिक हाल्दियौं, अनि ३३ प्रतिशत कोटाको कुरा गरिन्छ’ उनी अगाडि थप्छिन्, ‘हामीमा पनि लडाईँ गरेर आउन सक्ने क्षमता छ । तर, यहाँ छोरी मान्छेलाई सुनिन्छ र हेरिन्छ मात्र । र, यो हेरिने काम बन्द गरिनु पर्छ ।’

उनी फिल्म मालिकाको चर्चा गर्न पनि चुक्दिनन् । हरेक आमा, बुबा, छोरी, बुहारीको मनोविज्ञान र उनीहरुले भोग्नुपर्ने घटनाको कथा फिल्मले वाचन गर्ने रेखाले बताइन् । ‘फिल्मले फ्यूचर देखाउँछ, विगत देखाउँदैन’ उनले भनिन् ।

रेखाले मालिका माता दुर्गाको अर्को नाम रहेको बताइन् । ‘मैले माताको नाममा फिल्म बनाएको छ’ उनी भन्छिन्, ‘यसर्थ, मैले मातासँग छोरीहरुका लागि बरदान मागिरहनु पर्छ जस्तो लाग्दैन ।’ फिल्म मालिकामा रेखा र कमला वली प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्