स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्वजनिक सुचना जारी तीनवर्षे स्तानक तह व्यवस्थापन, मानविकी, शिक्षा संकाय र चार वर्षे बिबिएस,विएड र वीएस्सीको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बल्खुले जारी गरेको सूचना अनुसार उक्त परीक्षा आगामी २०७५ तीनवर्षे स्तानक तहको भदौ १५ गतेदेखि सुरु हुनेछ ।

परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै चारवर्षे बिबिएस,विएड र वीएस्सीको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।