को हुन् नित्से, के हो उनको जीवन दर्शन ? (बहस)

friedrich-nietzsche
नित्सेको दर्शनलाई जीवन दर्शन पनि भनिन्छ। उनले जीवन पद्धतिको विषयमा विस्तृत व्याख्या समेत गरेका छन्। सोवेरहलको दार्शनिक विचारबाट उनी प्रभावित थिए। सोवेर हलले जीवनका मूल पक्ष भनेको दुःख र निराशा हो भन्थे। नित्सेले उक्त विचारलाई आधार बनाउँदै जीवनमा निराशा र दुःखको महत्वलाई स्थान दिएका छन्।
लाेकपाटी न्यूज

– अनिलकिशोर घिमिरे

नित्से संसारका प्रमुख दार्शनिकहरू मध्ये एक हुन्। समाज विकासको अध्ययन गर्ने क्रममा उनले महत्वपूर्ण विचारहर पैदा गरेको थिए। विचार प्रकट गर्ने क्रममा उनको मानसिक सन्तुलन खल्बलिएको कारणपछि उनलाई नै आफ्ना कृतिबारे पूरा याद रहन सकेन। नित्सेको दर्शन कठिन थियो। उनले आफ्ना कृतिहरूमा मानव समाजको विकासमा ईश्वर देवीदेवताले धेरै नोक्सान पुर्‍याएको र धर्मले मानिसलाई दासताको जन्जीरमा राखिदिएको समेत उल्लेख गरेका छन्।

धर्म, ईश्वरले मानव जीवनमा ठूलो नोक्सान पुर्‍याएको उनी बताउँछन्। उनले इसाई धर्मको त खन्डन नै गरी इसाई धर्मको विचार नीतिलाई दास नैतिकता बताएका छन्। यसको प्रमाणको रूपमा इसाई धर्मका बाइबलहरूमा पोप, ईश्वरहरूको आदेशपालन गर्ने कुरा भएको उल्लेख गर्दछन्। उनले धर्मले मानिसलाई ईश्वर र करनै दैवी शक्तिको माताहतमा राख्ने चेष्टा गर्‍यो र काल्पनिकतालाई शक्ति भनिदियो। त्यही शक्तिको आधारमा मानिसको सिर्जनात्मक विकासमा बाधा पुग्यो भन्ने उनको दावी छ। नित्सेको दर्शनमा जीवनमा ईश्वरको कुनै पनि स्थान छैन भन्ने देखिन्छ। जस्तो कि उनले भन्छन्। गाई, भैंसी, जनावर, चराचुंगी, केटाकेटी ईश्वरको कुनै कल्पना नै नगरी पनि बाँचेका छन् तर मानिसले ईश्वरको कल्पना गर्न थाल्दा झन दुःख पाएका छन्।

नित्सेको दर्शनलाई जीवन दर्शन पनि भनिन्छ। उनले जीवन पद्धतिको विषयमा विस्तृत व्याख्या समेत गरेका छन्। सोवेरहलको दार्शनिक विचारबाट उनी प्रभावित थिए। सोवेर हलले जीवनका मूल पक्ष भनेको दुःख र निराशा हो भन्थे। नित्सेले उक्त विचारलाई आधार बनाउँदै जीवनमा निराशा र दुःखको महत्वलाई स्थान दिएका छन्। त्यो भए तापनि निराशा र दुःखका विरूद्ध संघर्ष गर्नु मुख्य पक्ष हो भन्ने कुरा अगाडि लिए। जीवन पद्धति संचालन गर्ने क्रममा कहिले काही बाटो नपाएपछि निराशा मान्नु स्वाभाविकै हो तर त्यसको विरूद्ध संघर्ष गर्नुपर्छ भन्ने उनको दृढ विचार थियो।

नित्सेको जीवन दर्शनमा शक्ति संकल्पको विचार थियो। उनले मानिसभित्र विकासका अनन्त असीम सम्भावनाहरू हुन्छन् भन्थे। र, ती सम्भावनाको विकास निम्नस्तरबाट उच्च स्तर हुने बताउँथे। यो हेर्दा उनको दर्शनमा दृढ इच्छा शक्ति पाइन्छ। हाम्रो शक्ति हाम्रो क्रियाशील सक्रियतामा प्रकट हुन्छ। हिम्मत, साहास, कौशलता भएपछि अगाडि बढ्न सजिलै सकिन्छ भन्ने उनको महत्वूर्ण उक्ति हुन्थ्यो। हाम्रो पार्टीको काममा पनि उनको यो दर्शनले फाइदा गर्छ। हामी कुनै काम, समस्या आइपर्दा वित्तिकै हुन्न कि सकिन्न कि भन्ने विचार प्रकट गर्ने गर्छौं, हाम्रो यस्तो सोचाईले पार्टी संगठनमा सही काम गर्न सकिंदैन। हाम्रो सोचाईले हाम्रो आफ्नै बाटोलाई निर्देशित गर्दछ। त्यसैले नित्सेको दृढ इच्छा शक्तिको भावनालाई हामीले समेत पालना गर्नु जरूहामी नित्सेका सबै जीवन दर्शनलाई समर्थन गर्न सक्दैनौं।

कुनै समयमा उनको सोंचाई विकृत रूपमा पनि देखा पर्थ्यो। उनको मुख्य जोड समाज सम्बन्धितत नभएर व्यक्ति केन्द्रित हुन्थ्यो।उनले हरेक कुरा व्यक्तिको क्षमता माथि मात्र भर पर्ने गर्दछ भन्थे। हाम्रो विचारमा बेग्लाबेग्लै मानिसका बेग्लै प्रकारका विचारहरू हुन कुरा त सत्य हो तर त्यसलाई सामाजिक परिवेश र वातावरणले निर्धारण गर्ने गर्दछ। जस्तो कि जवाहरलाल नेहरूले एक ठाउँमा लेखेका छन्–“कुनै बेला भारतमा अंग्रेजको राज हुँदा अंग्रेज माताहतको उच्च पद पाउनु गौरवको कुरा मानिन्थ्यो।

समाजको चेतनाको विकास हुँदै जाँदा अंग्रेज विरूद्ध स्वतन्त्रताको चर्चा चल्यो। अब अंग्रेजको माताहतको पद पाउनु गौण बन्यो र स्वतन्त्रता आन्दोलनमा भूीमका खेल्नु महत्वपूर्ण मानियो। मानिसहरू डाक्टर, इन्जिनियर, प्राध्यापक बन्नुलाई महत्वपूर्ण ठानें।” हाम्रै मुलुकमा पनि राणा, पञ्चे, बहुदल –गणतन्त्र हुँदै फरक–फरक प्रसंगमा फरकफरक चीजहरू महत्वपूर्ण बनेका छन् । दार्शनिक विचारहरू निर्माण भएपछि नयाँ नयाँ समाजका विकास अनुसार फरक फरक धारणाहरू बन्दै जान्छन्। कम्युिनस्टको लागि त सम्पूर्ण मानवको शोषणको अन्त्य गर्ने कुरा महत्वपूर्ण हुन्छ। कम्युनिस्टहरूको धरातल नै उच्च रहेको हुन्छ।

कुनै बेला धरातल कमजोर हुनेहरू तत्काल नै पद प्रतिष्ठा र लोभले पार्टी पनि छोड्ने गर्दछन्। नित्सेले यो प्रकारको सामाजिक सोचाइप्रति ध्यान नै दिएनन्। तर पनि उनले मानिसको जीवनमा सधै उसको प्रवृत्तिले काम गरेको हुन्छ र माथि उठ्न खोज्छ भन्ने कुराकेा स्वीकार गरे। तर त्यो स्वतः सम्भव हुँदैन। आदर्श र योजना चाहिन्छ। त्यसलाई सामाजिक परिवेशले निर्धारण गर्ने गर्दछ।

नित्सेले अति मानवको सोचाई विकास गरे। उनले कुनै व्यक्तिलाई सर्वशक्तिमान बनाइदिए। त्यसैको कारणले फासिज्मको विकास समेत भयो। हिटलर समेत त्यही सुपरम्यानको जगमा जन्मियो। त्यसैले उनको यो विचार गलत छ। चेग्वेभराले त्यही विचार अवलम्वन गरे। उग्रवामपन्थीहरूले त्यसैलाई समात्छन् अति मानवलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति माओवादीमा समेत देखिन्छ। क्रान्ति, संघर्षलाई अगाडि बढाउनकेा लागि नेता जन्माउनुपर्छ, जनताबाट माथि उठेको संगठन निर्माण गर्न प्रयत्न गर्नुपर्दछ। चेतनास्तर उठेको दृष्टिकोण स्पष्ट भएको हुनुपर्छ। त्यसलाई विचारले नै फैसला गर्छ। व्यक्ति हावी बताउने अति मानव प्रवृत्तिले त्यसलाई फैसला गर्न सक्दैन।

नेपोलियनले भन्थे–“लडाईलाई मैले युद्धको मैदानबाट त जित्छु–त्यो भन्दा पहिले मनबाट जितेको हुन्छु।” हाम्रो विचार, राजनीतिक बलियो भयो भने दुश्मनसँ टक्कर लिन सक्छौं। दृढ इच्छा शक्ति नभएर हार मानसिकता हुने र दुश्मनलाई भयंकर देख्यौं भने हामी असफल हुन सक्छौं। माओले भन्नुभएको छ–“हाम्रो शक्ति कति छ भन्ने कुरा राजनीति सही छ कि छैन भन्ने कुराले फैसला गर्दछ। ”

जीवनको अन्त्यतिर नित्से बौलाएका थिए। उनको चैनिले किताब लेखेको बारे सोध्दा मैले थाहा पाइन समेत भनेको बताइन्छ। यसरी कैयौं नकारात्मक पक्ष र सकारात्मक विचार सँगै नित्से संसारका महत्वपूर्ण दार्शनिक मध्ये एक कहलिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्