मङ्सीर ८ मा विप्लव नेतृत्वको नेकपाको जनसभा

biplap poster
लाेकपाटी न्यूज

काठमाडौं । आउने मंसीर ८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौंमा जनसभा गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते जनसभा गर्ने भएको हो । नेकपाको केन्द्रीय समिति बैठकको निर्णय अनुसार जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । ओली नेतृत्वको सरकारले राष्ट्रघाट र जनघात गरिरहेको भन्दै जनसभामार्फत् सरकारको भण्डाफोर गर्ने नेताहरुले बताएका छन् ।

मङ्सीर ८ गते तात्कालीन माओवादीले जनमुक्ति सेनाको घोषणा गरेको दिन हो । यही दिनमा विप्लव नेतृत्वको नेकपाले जनसभा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले मङ्सीर ८ पछि नेकपा भूमिगत जानसक्ने आंकलन गरेका छन् ।

Tags