पीपीएल : धनगढीद्वारा विराटनगर पराजित

PPL
  • 40
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ११ कात्तिक । पोखरा प्रिमियर लिग क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई हराएको छ ।

आइतबार  पोखरा रंगशालामा  भएको खेलमा धनगढीलाई ७८ रनले हराएको हो । धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रनमै अलआउट हुन पुग्यो ।

विराटनगरका लागि सुनिल धमलाले २१ रन बनाए भने मोहम्मद जैद आलमले २१ १९ रन जोडे । त्यस्तै सुबिकसनले १८ रनको योगदान गर्दा सन्दीप लामिछानेले १० रन बनाए ।

विराटनगरको ब्याटिङ लाइनअप कमजोर पार्ने क्रममा धनगढीका लरेन्सले तीन विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरीले दुई तथा रोबिन क्षेत्री, कमल ऐरी र ट्रेगोले समान एक/एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रनको उच्च स्कोर खडा गरेको थियो । धनगढीका लागि पिटर ट्रेगोले ५३ रनको योगदान गरे भने ऐरीले २९ रन जोडे ।