यसरी मनाइयो दिवङ्गत ज्ञानु दाहालको जन्म जयन्ती (फोटो फिचर)

लाेकपाटी न्यूज

काठमाडौं, ११ कात्तिक । एचआईभी संक्रमित बालबालिका संरक्षण केन्द्रमा दिवंगत ज्ञानु दाहालको जन्म जयन्ती मनाइएको छ ।

दिवंगत ज्ञानु दाहालको जन्म जयन्ती मनाउन प्रचण्ड परिवारका सदस्यहरु किर्तिपुरमा रहेको बेबी लाइफ होममा पुगेका थिए ।

प्रचण्ड परिवारका सदस्यहरुले एचआइभी संक्रमित बालबालिकालाई संरक्षण गर्दै आएको बेबी होममा संक्रमित बालबालिकासँगै खाना खाएका थिए । साथै उनीहरुले संरक्षण केन्द्रलाई आवश्यक परेका हिटर र पानी तताउने कित्ली हस्तान्तरण गरेका थिए ।

बेबी होमका सञ्चालक राजकुमार पुनका अनुसार उनीहरुले भविष्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

उक्त अवसरमा दिवगंत ज्ञानु दाहालका श्रीमान सागर केसी, अर्की छोरी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य, ज्ञानुका दुई छोरी सृष्टि केसी र दृष्टि केसी, खानेपानी मन्त्री तथा प्रचण्डकी बुहारी बीना मगर, डा. विवेक राठौर र प्रकाश रायमाझीको उपस्थिति रहेको थियो ।

प्रचण्डकी जेठी सुपुत्री ज्ञानु दाहालको स्तन क्यान्सरका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्