अस्पताल पुगेर सभामुख महराले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक । सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सभामुख महराले प्रधानमन्त्री वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई बताएको सभामुख महराले बताए ।