यी हुन् संसारका १० धनी र १० असमान राष्ट्र (सूचि)

लाेकपाटी न्यूज

काठमाडौं, असार । कुन देशलाई सबैभन्दा धनी देश भनिन्छ ? तपाईं भन्नुहोला कि जुन देशमा सबैभन्दा धेरै पैसा छ, त्यो देश संसारको सबैभन्दा धनी देश हो । तर यो प्रश्नको जवाफ यति सिधा छैन ।

सबैभन्दा धनी देशको सूची बनाउनका लागि विभिन्न बाटो अपनाइन्छ । जीडिपी अर्थात् कुल ग्राह्यस्थ उत्पादनको तुलना गर्नु त्यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

जीडिपीको अर्थ हुन्छ, कुनै अर्थव्यवस्था हरेक वर्ष कुल कति सामान र सेवाको उत्पादन गर्दछ । यदि तपाईं आकारको हिसाबले हेर्नुहुन्छ भने विश्व बैंकका अनुसार अमेरिका र चीन सबैभन्दा ठूलो अर्थव्यवस्था हुन् ।

र यदि हामीले उक्त धन त्यहाँ बस्ने मानिसहरुको संख्यामा भाग गर्छौं भने (जसलाई जीडिपी पर क्यापिटा भनिन्छ), सबैभन्दा धनी देश लक्जम्बर्ग, स्विटजरल्याण्ड र मकाउ हुनेछन् ।

यद्यपि, माथि बताइएका सबै कुरा ठिक छन् । तर, थुप्रै अर्थशास्त्रीले अर्थव्यवस्थाको अनुसन्धान गरेर धनी भए नभएको पत्ता लगाउने गर्छन् ।

यसका लागि उनीहरुले उक्त देशको जनताको खरिदारी कस्तो छ, त्यसबारे अध्ययन गर्छन् । साथै, उक्त देशका विभिन्न तहका नागरिकको खरिददारीमा कति समानता छ त्यो पनि बुझ्ने कोशिस गर्छन् ।

यो तरिका अपनाउँदा कतार, मकाउ, लक्जम्बर्गपछि सिंगापुर, ब्रुनाई र कुवेत सबैभन्दा धनी देश हो । यी देशपछि सूचीमा संयुक्त अरब इमिरेट्स, नर्वे, आयरल्याण्ड र स्विटजरल्याण्डको नाम आउँछ ।

तेल र प्राकृतिक ग्याँसको विशाल भण्डार भएको देश कतार धनी देशको सूचीको शीर्ष स्थानमा छ । पछिल्ला केही वर्षदेखि कतार धनी देशको सूचीमा पहिलो स्थान ओगट्न सफल भइरहेको छ ।

यद्यपि, सन् २०१३ र २०१४ मा मकाउ कतारभन्दा अगाडि आएको थियो । तर, सन् २०१५ मा दोस्रोपटक मकाउ दोस्रो स्थानमा फर्कियो । मकाउको अर्थव्यवस्था चीनको दक्षिणी तटमा बसेको एक स्वायत्त क्षेत्र मूख्य रुपमा पर्यटन र क्यासिनो उद्योगमा निर्भर छ ।

यस्तै, युरोपेली देश लक्जम्बर्गको आर्थिक विकास लगानीको प्रबन्धन र नीजि बैंकको फाइदाबाट भएको हो । लक्जम्बर्गको कर व्यवस्था निकै सुस्त छ, यसकारण यहाँको बैंकले निकै नाफा कमाइरहेका छन् ।

‘गिनी कोएफिशिएं’ धनी र गरिबबीचको खाडल मापन गर्ने एक तरिका हो । यो जिरोदेखि एकको बीचमा मापन गरिन्छ । यसमा जिरोको अर्थ पूर्ण रुपमा असमान हो । यद्यपि, यो तरीकाको अलोचना पनि गरिन्छ ।

विश्व बैंकको आँकडाअनुसार दक्षिण अफ्रिका, हाइटी र होन्डुरास संसारको सबैभन्दा असमान देशको सूचीमा समावेश छ । यी देशपछि कोलम्बिया, ब्राजिल, पनामा, चिली र रवान्डा, कोस्टारिका र मेक्सिकोको नाम आउँछ ।

वास्तवमा, ल्याटिन अमेरिका र क्यारेबेली संसारको सबैभन्दा असमान क्षेत्र हुन् । त्यसपछि सब–सहारा अफ्रिाकाको नाम आउँछ । १० असमान देशको सूचीमध्ये आठ एक क्षेत्रको हो र अन्य दुई अफ्रिकी देशको हो ।