प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे डा. भट्टराई

Dr- Baburam Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १३ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

डा. भट्टराई मंगलबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना भएका थिए ।