अस्पतालको बेडबाटै प्रधानमन्त्रीले भने- म छिट्टै फर्किन्छु

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे भ्रामक प्रचार भएको र त्यसबारे आफू जानकार रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीले शिक्षण अस्पतालबाट एक सन्देश जारी गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै उनले स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा गरिएका प्रचारको पछि नलाग्नसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले जारी गरिएको सन्देशमा भनिएको छ, ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’

प्रधानमन्त्रीले जारी गरेको सन्देश :