‘विदेशीसँग सेक्स नगर्नू’ : (पढ्नुस् तामाराका ५ तर्क)

tamara-pletnyova
लाेकपाटी न्यूज

काठमाडौं । विश्व भूमण्डलीकरणको युगमा छ । जमाना हिजोको जस्तो छैन । मान्छेहरु काम, भ्रमण र अध्ययनका सिलसिलामा विदेशका गल्ली गल्ली पुगेका छन् । त्यस क्रममा महिला पुरुष एकअर्कासँग नजिकिन्छन् ।

विदेशीसँग सेक्स गर्नु राम्रो हो कि होइन ? यसबारे कमैको मात्र ध्यान गएको पाइन्छ । तर, एक रुसी राजनीतिज्ञले भने महिलालाई विदेशीसँग नजिक नहुन सुझाव दिएकी छन् । तामारा प्लेत्न्योभाले एक रेडियो अन्तर्वार्तामा प्रतियोगिताको समयमा घुम्न आउने विदेशीहरुसँग रुसी महिलाहरुले यौन सम्पर्कबाट टाढै रहनुपर्ने बताएकी छन् । नत्र पछि त्यस्ता महिलाले एकल अभिभावकत्व बेहोर्नुपर्ने सम्भावनाप्रति चासो व्यक्त गर्दै उनले सचेत पारेकी हुन् ।

परिवार, महिला र बालबालिका मामिला समितिको अध्यक्ष रहेकी उनले भनिन्, ‘रुसी महिलाबाट हुने अनुचित व्यवहारले कुनै पनि राम्रो परिणाम दिने छैन ।’ ती राजनीतिज्ञले ‘चिल्ड्रेन अफ ओलम्पिक्स’को बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै सो कुरा व्यक्त गरेकी थिइन् । सन् १९८० मा मस्कोमा ओलम्पिक खेलपछि जन्मिएका मिश्रित जातिका बालबालिकालाई ‘चिल्ड्रेन अफ ओलम्पिक्स’ भन्ने गरिन्छ ।

‘त्यहा केटीहरुले पुरुष भेट्ने छन् र उनीहरुले सन्तान जन्माउने छन्,’ उनले भनिन्, ‘त्यस्ता जोडी विवाहित वा अविवाहित दुवै हुन सक्छन् । उनीहरुको बालबालिका पीडित हुन सक्छन् र सोभियत कालमा जस्तो पीडित हुन सक्छन् ।’

अर्जेन्टिना फुटबल संघले खेलकुद पत्रकारहरुलाई कसरी रुसी केटीहरुसँग कसरी सस्तोमा रात बिताउन मौका पाउँछन् भनी बुकलेट बाँडेको थियो । संघको यस क्रियाकलापको चर्को विरोध भएको थियो । यसबारे सोधिएको प्रश्नमा उनको यस्तो प्रतिक्रिया आएको हो ।

प्लेत्न्योभाले एक अभिभावकको झमेलाबाट महिलालाई बचाउन यस्तो प्रतिक्रिया दिएको बताएकी छन् र उनले एउटा राष्ट्रियता वा जातबाट बालबालिकामा जन्मिनु राम्रो हुने तर्क गरिन् । भाषा, भूगोल, संस्कृतिका अनेक झमेला पनि त्यस बेला आउने उनको तर्क छ ।

मस्को टाइम्सका अनुसार गत वर्ष यो दशककै सबैभन्दा कम जन्मदरको वर्षको रुपमा रह्यो र सरकारले जन्मदर बढाउन अनेक उपाय खोजे पनि सकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्