पीपीएल : पारसको टिम चितवनले खोल्यो जितको खाता

Chitwan Rhinos
लाेकपाटी न्यूज

काठमाडौं, १४ कात्तिक । पोखरामा जारी पीपीएल क्रिकेट लिगअन्तर्गत पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पहिलो जित हासिल गरेको छ ।

पोखरा क्रिकेट मैदानमा बुधबार भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनले पराजित गर्दै चितवनले जितको सुरुआत गरेको हो ।

चितवनले दिएको १९४ रनको लक्ष्य पछ्याएको धनगढी १६ ओभर २ बलमा ६७ रन बनाउँदै अलआउट भयो । धनगढीका लागि पिटर टेग्रोले २७ रन र योगेन्द्र सिंह कार्कीले १७ रनको योगदान दिए । त्यस्तै चितवनका लागि सन्नी पटेलले ४ विकेट हात पारे । यस्तै भुवन कार्की र स्मित पटेलले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पारस खड्काको चितवनले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९३ रनको विशाल योगफल तयार पारेको थियो । चितवनका हरिशंकर साहले ५३ रनमा रन बनाउँदा अनिल कुमार साह ३७ रनमा पेभेलियन फर्के । स्मित पटेलले २४ रन जोड्दा कप्तान पारस खड्का १९ रनमै आउट भए ।

बलिङतर्फ धनगढीका लागि दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले समान एक/एक विकेट लिए ।