पीपीएल : सन्दीपको टिमले खोल्यो खाता

लाेकपाटी न्यूज

पोखरा, १४ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटअन्तर्गत सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले पहिलो जित हासिल गरेको छ ।

बुधबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । यसअघि विराटनगरले लगातार तीन म्याच गुमाएको थियो ।

विराटनगरले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्र बनायो ।

ब्याटिङतर्फ बुटवलका भिम सार्कीले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । सागर पुनले २९ रन बनाउँदा शंकर रानाले २३ रनको योगदान दिए ।

विराटनगरका सन्दीप लामिछाने र किशोर महतोले २र२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रनको मध्यम योगफल तयार पारेको थियो । विराटनगरका लागि मोहमद जायद आलमले सर्वाधिक ७२ रन जोडे । त्यस्तै प्रदीप ऐरीले ४१ रन बनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्