चितवन र धनगढीको दोस्रो जीत

cricket PPL
लाेकपाटी न्यूज

पोखरा । कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा बिहीबारका दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् ।

समान चार खेल खेलिसकेका दुवै टोलीका लागि आजको जीत दोस्रो हो । प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । टस जीतेर ब्याटिङ रोजेको धनगढीले कप्तान दीपेन्द्रसिँह ऐरीको ५६ रनको योगदानबाट चार विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

बुटवलले जीतका लागि मैदानमा उत्रिदा पूरै ओभर खेल्दै छ विकेट गुमाई १४१ रनमा समेटीएको थियो । बुटवलका चिराग सुरीले ५४ बलमा १२ चौका र एक छक्कासहित ७९ रनको योगदान दिलाए पनि टिमलाई जीतलाई जिताउन सकेनन् ।

यसअघि भएको आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको थियो । टस हारेर पहिला ब्याटिङ पाएको चितवनले २० ओभरमा ५ बिकेट गुमाउँदै १४९ रनको योगफल तयार गरेको थियो ।

चितवनलाई विजयी बनाउन ओपनरका रुपमा आएका हरिशङ्र शाहले ६० रन बनाउदै शसक्त ब्याटिङ गरेका थिए ।
शाहको अर्धशतकको मद्दतले चितवनले बुधवारको खेल जितका लागि सफलता दिलाएको थियो ।

खेल जित्नका लागि १५० रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको काठमाडौँले पूरै ओभर खेल्दै नौ बिकेट गुमाएर १३६ रन बनायो । काठमाडौँका गौरव तोमारले ३५ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्