हिमशिखरद्वारा पदमोदय क्लबलाई कम्प्युटर सहयोग

himsikhar
लाेकपाटी न्यूज

भरतपुर । हिमशिखर सामाजिक साँस्कृतिक समाज काठमाडौंले पदमोदय युवा क्लब, भरतपुर–२२, पदमपोखरीलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।

क्लब परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका अध्यक्ष बिजेन्द्र अर्यालद्वारा क्लबका अध्यक्ष रामहरि सेढाईलाई ४ थान कम्प्युटर सेट, टेबल र कुर्सी हस्तान्तरण गरेका हुन् । क्लबले बाल अध्ययन केन्द्र सन्चालन गर्ने क्लबको योजनालाई सफल पार्न उक्त सामाग्री हस्तान्तरण गरिएको समाजका चितवन संयोजक सञ्जिब पाण्डेले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष बिष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्लबले संचालन गर्न लागेको पदमोदय बाल अध्ययन केन्द्रको लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । आजै प्रमुख अतिथि महतोले कम्प्युटर कक्षको समेत उद्घाटन समेत गरे ।

क्लवका अध्यक्ष सेढाईले सहयोगदाता संस्थालाई आभार प्रकट गर्नुका साथै पदमोदय बाल अध्ययन केन्द्र सञ्चालनको योजना सफल बनाउन सबैलाई अनुरोध गरे । उनले भने, ‘तपाईहरुको सहयोगले हामी उत्साहित छौं । हाम्रो आशा छ, यस क्लबलाई अझ आधुनिक र व्यवस्थित बनाउन यहाँहरुको निरन्तर साथ रहन्छ । सहयोगका लागि म हिमशिखर समाजलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु ।’

गत वर्ष भरतपुर महानगरपालिकाको नगर स्तरीय योजनाबाट निर्माण प्रारम्भ गरिएको अध्ययन केन्द्र यस वर्ष निर्माण सम्पन्न गर्ने विश्वास क्लबले लिएको छ ।

हिमशिखरका अध्यक्ष अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबको उक्त अभियान सफल बनाउन तत्काल निशुल्क इन्टरनेट सुबिधा र प्रशिक्षकको ब्यवस्था गर्ने साथै आगामी दिनमा अरु थप सहयोग गर्ने समेत बताए ।

himshikhar

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्