यी हुन् आधुनिक सिंगापुरका निर्माता (पढ्नुस् ‘लि क्वान यु’को जीवनी)

kwan-yew
एकपटक देङले ‘लि’लाई सोधे, सिंगापुरजस्तै चीन बनाउन मैले के गर्नुपर्छ ? ‘लि’को उत्तर थियो, ‘तीन कुरामा ध्यान दिनुस्, सडक तथा रेलजस्ता कुरामा बढी नै ध्यान दिनुस् । स्तरीय सडक सञ्जाल बनाउनुस् । दोस्रो, प्रविधिमैत्री फ्याक्ट्री बनाउनुस् । पूराना फ्याक्ट्रीमा नयाँ प्रविधि जडान गर्नुस् । तेस्रो दक्ष जनशक्तिमा जोड दिनुस्, तिनलाई सक्षम बनाउनुस् । कामप्रति जिम्मेवार बनाउनुस् । यति कुरा गर्न सक्नुभयो भने देश बन्न बेर लाग्दैन ।’
लाेकपाटी न्यूज

सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलीय व्यवस्था ल्याएको २७ वर्ष बितिसकेको छ । आजभन्दा २५,३० वर्ष अगाडि सिंगापुरको अवस्था दयनीय थियो । एउटा व्यक्तिको अदम्य साहसले आजको त्यो सिंगापुर बन्न सफल भयो । उनी कोही नभएर तपाईं हाम्रो सबैको जनजिब्रोमा झुण्डिएको आधुनिक सिंगापुरका निर्माता, सिंगापुरका पिता हुन ‘लि क्वान यु’ ।

सिंगापुरको कोपा जाभा रोडमा १६ सेप्टेम्बर १९२३ मा लि क्वान यू को जन्म भएको हो । उनको आमाको नाम चाव जिम निपो हो भने बुबा लि चिन कून हुन् । लि क्वान यु को नाम भने उनको हजुर बुबा लिन चिन कूनले राखि दिएका थिए । हजुर बुबा अंग्रेजी मिसन स्कुलमा पढेकाले अंग्रेजी मन पराउने खालको हुनु हुन्थ्यो । क्वान यु को अर्थ चिनिया मण्डारिन भाषामा उज्यालो र चम्किलो भन्ने हुन्छ । लि क्वान युलाई पनि अंग्रेजी खुब मन पथ्र्यौ । त्यसैले उनको परिवारले लि क्वान यु को नामको अगाडि ह्यारी थपि दिएका थिए । उनको पुरा नाम त ह्यारी लि क्वान यु हो । उनको दुई जना भाइ छन् । जसको नाम किम यु र थियाम यु हो । उनीहरुको हजुरबुबाले राखि दिएको अंग्रेजी नाम डेनिस र फ्रेडी लि थियो । लि क्वान यू का २ बहिनीहरु छन् लि सुवान यु र मोनिका लि ।

उनको जन्म गरिव परिवारमा भएको नभए पनि जीवनको प्रारम्भ बडो दुःखमा बित्यो । समय त्यस्तै थियो धनीहरुसग पनि आफूले लगाउने लुगा, खेलाउने खेलौंनाहरु हुदैनथ्यो । टिभी त छंदै थिएन । यस्तो भूलाउने कुराहरु र उपभोग्य सामान ज्यादा नभएकोले पनि उनमा पढ्ने आदात बस्यो । उनी कल्पनासिल बन्दै गए । आमा र बुबाको झगडामा जहिले पनि उनले निर्णय गर्थे । बुबा घरको सुन लुछी लुछी जुवा खेल्ने आमा दिदै नदिने हुदा झगडा सधैं पथ्र्यो । त्यतिबेला आमाले सानो सानो कुरामा निर्णय लिन लिलाई उक्साउँथिन् । यस्तै घरका स–साना घटनाले लिलाई निर्णय कसरी लिने भन्ने सिकायो ।

‘लि’को शिक्षा

लिलाई ६ वर्ष पुग्नासाथ उनको मावली हजुर आमाले माझीको सन्तान पढ्ने गरीब र झुप्रो स्कुलमा भर्ना गरिदिइन् । उनको कचकच सहन नसकेर उनको हजुर आमाले १ कि.मि. टाढाको गुआन स्कुलमा भर्ना गरिदिइन्, त्यहाँ चाइनिज भाषामा पढाइ हुन्थ्यो । उनलाई चाइनिज भाषामा रुची थिएन । तसर्थ १९३० को जनवरीमा उनी टेलोक कूयउ अंग्रेजी विद्यालयमा भर्ना भए । पाच कक्षामा राम्रो अंक ल्याएकाले १९३६ मा सिंगापुरकै राम्रो विद्यालय राफल्स इन्स्टिच्यूटमा भर्ना हुने अवसर मिल्यो । १९४० को सिनियर क्याम्ब्रीजमा सिंगापुरको मात्र होइन होल मल्यको सर्वोत्कृष्ट हुन सफल भए । पढाइमा उत्कृष्ट भएकै कारण पुरस्कार समेत धेरै पटक जित्न सफल भएका थिए । आफू बदमास भएकोले बुबाले कान निमोठ्ने गरेको र कान निमोठाइको झट्काले न्यूरो पेप्टाइड्स खुल्ने र एक पटक सुनेको कुरा लामो समयसम्म स्मरण रहने हुँदा आफू तिक्ष्ण हुनुमा बुबाको कारण हो समेत भन्छन् लि । सिंगापुरको आर्थिक संकट सर्वत्र छाएकोले वकिल पेशा अंगाले कहिल्यै आर्थिक मन्दीको मारमा पर्न नपर्ने सोचेर लि वकिल पढ्ने सुरमा लागे ।

१९४० को सिनियर क्याम्प्रीजमा सर्वोत्कृष्ट भए पछि उनले एण्डरसन स्कलरसिप पाए । कानून पढ्न ३ विषय छान्नुपर्ने गणित विषयमा राम्रो भए पनि अंग्रेजी र अर्थशास्त्रमा कमजोर भएकोले उनकै कलेजकी केटी ‘क्वा गोएक चु’ले जितेर उनी दोस्रा हुन पुगे । तिनै उनलाई प्रथम हुनबाट पछाडि पार्ने केटी ‘चु’सँग पछि उनले विवाह गर्न पुगे । दोस्रो हुन परेकोमा लि साह्रै दुःखी समेत भए । तैपनि रापफल कलेज धनीमानी पढ्ने चर्चित कलेज थियो ।

बेलायत पढ्न जानु अगावै ‘चु’सँग चुइगम उद्योगमा सँगै काम गर्दा ‘लि’को प्रेम सम्बन्ध गाँसिन पुग्यो । बा–आमासँग लुकेर १९४६ मा ‘चु’सँग ‘लि’ले गोप्य प्रेम प्रस्ताव समेत गरे । आफ्नो जन्म दिन १६ सेप्टेम्बर १९४६ को दिन २३ वर्षको उमेरमा आफ्ना प्यारा बा आमा र प्यारी गर्लफ्रेन्ड ‘चु’लाई छोडेर उनी वकिल पढ्न बेलायततिर लागे । बिस्तारै ‘चु’ले पछि लण्डनका लागि छात्रवृत्ति पाइन् । चु र लि बेलायतमा एउटै विषयमा उच्च शिक्षा हासिल गरे । १९४८ को सेप्टेम्बरमा लि र चु दुवै जना फ्रान्स र स्वीजरल्याण्ड घुम्न पुगे । त्यसैबेला घरमा थाहा नदिई गोप्य विवाह गरे । १९४९ मा लि र चु दुवैले कानूनको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल भए । त्यसपछि स्नातकका लागि लण्डनकै मिडल टेम्पल कलेजमा भर्ना भए । १९५० को अगस्टमा आफ्नो पढाई पूरा गरी बेलायतमा भूमिगत रुपमा सिंगापुरको स्वतन्त्रताको राजनीतिक सम्पर्क स्थापित गरी लि र चु सिंगापुर फर्किए ।

राजनीतिको सुरुवात

लि लण्डनमा छदै राजनीतिमा जोडिइ सकेका थिए । जब उनी सिंगापुर फर्केपछि उनकी श्रीमती ‘चु’सँग १९५० को सेप्टेम्बर ३० मा कानूनी रुपमा दोस्रोपटक विवाह गरे । विवाह पछि चु र लि मिलेर ल फर्म शुरु गरे । त्यही ल फर्मको माध्यमबाट पैसा नहुनेको लागि निःशुल्क मुद्दा लड्दिन शुरुवात गरे । ट्रेड युनियनहरुको पक्षमा मुद्दा लडेर सरकारलाई घुडा टेकाउदै गएपछि लि चर्चामा आउन थाले । उनलाई लाग्यो अदालतबाट मात्र होइन, पत्रिकाको माध्यमबाट पनि सरकारलाई घुडा टेकाउनु पर्दछ । त्यतिबेला जनताको धारणा सिंगापुर स्ट्यान्डर्ड पत्रिकाले बोल्थ्यो । त्यसको पक्षमा लागेर सरकारलाई घुडा टेकाई छाडे ।

यो मुद्दा जितेपछि ‘लि’को ख्याति चुलियो । देशका अन्य ट्रेड यूनियनहरुले समेत उनलाई सल्लाहकारको रुपमा नियुक्ति गर्न थाले । चिनिया भाषा पनि उनले बिस्तारै सिके भाषा सिक्दै जाँदा राजनीति गर्न खुब सहज हुन थाल्यो । १९५२ को डिसेम्बर २५ मा पानी जहाजमा काम गर्ने १० हजार भारतीय कामदारको संघले गरेको हड्तालको पक्षमा पनि ‘लि’ले लड्ने विचार गरे । जब यसको पक्षमा लडे त्यसपछि त सिंगापुरमै जनपक्षीय वकिलको रुपमा स्थापित भइछाडे । उत्सव भेलायू पत्रिकाको सम्पादक युसुफ इसाकलाई समेत ‘लि’को सहयोगको कारण १९५३ मा जलेमुक्त गर्न सरकार वाध्य भयो ।

१९५४ मा फजर पत्रिकालाई उक्साएको भन्ने केसमा पक्राउ परेका ८ जना विद्यार्थीलाई ‘लि’ले सरकार सग लडेर जिताए । जब उनीहरु जेल मुक्त भए । लि एउटा कुशल संगठकको रुपमा कहलिन पुगे । यसरी विद्यार्थी, मजदुर तथा पत्रिका जो सरकारको कोप भजनमा परेको थियो ‘लि’ले सबैको पक्षमा निडर भई लडेर सफलता पाए र सिंगापुरमा स्थापित सम्म हुन पुगे ।

सिंगापुरका अधिकांश आपराधिक मुद्दामा चासो राख्ने र जित्ने डेभिड मार्सलले ‘लि’सँग लोभिएर १९५४ मा ‘लि’लाई सिंगापुरमा नयाँ पार्टी खोल्न अनुरोध गरे । डेभिड मार्सल त्यति विश्वासिला पात्र नभएकोले १९५४ को नोभेम्बर २१ को दिन आफ्ना मत मिल्ने साथिहरु लिम चिन सियो, फोङ स्वि सुआनलाई साथमा लिएर पिपुल्स एक्सन पार्टी (पिएपी) घोषणा गरे । पार्टीको पहिलो बैठकमा टान वि केङ देवान नायर, एस सोका लिङ्गम, लि क्वान यू, ओ इङ गुआन, फोङ स्वी सुआन, लि जेक सेङ, मोफ्रदी विन, हाजी मोहमद नुर, तोह चिन चाइ, इस्माइल रहिम र चान चिउ थोर उपस्थित भए र पार्टीको केन्द्रिय समिति गठन गरे ।

१९५५ को अप्रिल २ मा हुने चुनावको पार्टीले भाग लिने घोषणा गर्यो । तत्कालको लागि ५ सिटमा उम्मेदवारी दियो । चिनियाँ भाषा नजारेको भन्दै विरोधीले उछितो काट्यो, तैपनि चिनियाँ भाषामा पोख्त व्यक्तिसँग तुरुन्त भाषा सिक्थे लि र भाषण शुरु गर्दथे ३ मिनेट जति चिनियाँ भाषामा भाषण गर्दथे, तैपनि जनतालाई खुशी पार्थे । २ अप्रिल १९५५ मा चुनाव भयो । उनले अत्यधिक मतले ६ हजार २९ भोट ल्याएर जिते उनको विपक्षले जम्मा ९०८ मत मात्र ल्याउन सफल भयो । उक्त चुनावमा देवेन नायर वाहेक अरु सबैले जित्न सफल भए । ठूला ठूला पार्टीले हार बेहोरे यो चुनावमा । नेताहरु चुनाव हारेपछि कहाँ बिलाएर जान्छन् । तर ‘लि’ले त्यस्तो गरेनन् । आफ्नो हारेको ठाउँहरु र उम्मेदवारी नदिएको ठाउँमा पनि निरन्तर छलफल र भेटघाट जारी राखे । पार्टीले हारेको ठाउमा समेत आफूलाई भोट हाल्ने नहाल्ने दुवैलाई धन्यवाद दिँदै हिडे । यसले गर्दा उनको महत्व र साख बढ्दै गयो ।

यस बीचमा सिंगापुर स्वतन्त्रताको लागि खुब काम गरे । लिम यो घेकको सरकार भ्रष्ट थियो । खुब दुर्नाम कमाएको थियो । बेलायतबाट सिंगापुर स्वतन्त्रताको लागि कम्प्युनिष्टहरुको सान चाहिन्थ्यो । कम्प्युनिष्टहरुको सानले चुनाव जित्न पनि सहज हुन्थ्यो । बेलायतीहरु अंश अंशमा प्रेसरको आधारमा स्वतन्त्रता दिइरहेका थिए । कम्प्युनिष्टको उपस्थिति बेलायतीका लागि असहज थियो भने आफ्नो पार्टी कब्जा गर्लान् भन्ने समेत पिर ‘लि’लाई थियो, त्यसैले कम्प्युनिष्टको पक्षमा काम गरेझैं गरेर कम्प्युनिष्टको मत लिने रणनीति ‘लि’ले लिए ।

२५ अप्रिल १९५९ मा सिंगापुरमा आम चुनाव घोषणा भयो । उक्त चुनावमा सबैभन्दा धेरै ५१ वटै सिटमा पिएपीले उम्मेदवारी दियो । त्यसमा ३४ चिनियाँ १० मलय ६ भारतीय र यूरेसियन थिए । चुनावताका ‘लि’ले बिहान ७ देखि बेलुका १० बजेसम्म भाषण गर्नुपर्ने भयो । स्वर धोत्रो हुँदै गएपछि चुरोट खान छाडिदिए । त्यति बेला मुख्य प्रतिद्वन्द्वी कम्प्युनिष्ट पार्टी नै थियो ।

यो चुनाव १९५५ को भन्दा फरक थियो, भोट अनिवार्य हाल्नैपर्ने, धनी मानिले गाउँगाउँबाट गाडीमा बोकेर मतदान केन्द्रमा मान्छे ल्याउन नपाउने, कुनै पार्टीले चुनाव चिन्ह झण्डा त्यस्ता झल्किने कपडाहरु लगाउन नपाउने, घुस भ्रष्टताजस्ता कुरा देखिए तुरुन्त दण्डित गर्ने, जस्ता अवस्था थियो । ३० मे १९५९ को चुनावमा ५१ सिटमध्ये ४३ सिटमा ९० प्रतिशत मत ल्याई पिएपीले देशको सबै भू–भागमा आफ्नो बर्चस्व कायम गर्यो ।

मुख्यमन्त्रीमा नियुक्त

मुख्यमन्त्री लिम पो होकले तुरुन्तै राजीनामा दिए पनि लि क्वान यु हतारिएर सरकारमा गएनन् । जेलमा रहेका आस्थाका बन्दीलाई रिहा गरेर मात्र सरकारमा जाने सोच बनाए । उनले ३ जून १९५९ का दिन पि ए पी को उक्त जुलुसमा ४३ जना सभासदले भ्रष्टाचाररहित सफा राजनीतिको शुरुवातको संकेतका लागि सेतो कपडामा जुलुसमा भाग लिए । ५० हजारको जुलुसुलाई सम्बोधन गर्दै ‘लि’ले भने, ‘राम्रा कुरा आकाशवाट खस्तैनन्, त्यो त लामो समयको गहन मेहनत चाहिन्छ । जनताले जनताले इमान्दार साथ सहयोग गर्नुहोस् हामी गरी देखाउँछौं । केही राम्रो काम गर्न केही अलिकप्रिय निर्णय गर्नुपर्ने पनि हुन सक्छ ।’ त्यसको लगत्तै १९५९ जुनमा सिंगापुर सिटि हलमा ‘लि’ले मुख्यमन्त्रीको सपथ लिए ।

उनले मुख्यमन्त्री र सबै मन्त्रीहरुको तलब ह्वातै घटाए, सरकारी कर्मचारीको तलब पनि घटाइदिए । मजदुरहरुको तलब तत्कालको लागि बढाउनु परेन । कसैले पनि घरमा नोकर चाकर राख्न नपाउने अवस्था आयो । आउदा दिनमा देश विकास गर्दा सरकारले के कस्ता समस्या झेल्नु पर्छ, यस्ता विषयमा कर्मचारीलाई कक्षा दिन सरकारले शुरु गर्यो । कर्मचारीहरुलाई दिने कक्षामा लि स्वयं उपस्थिति हुन्थे र कैयौं कक्षा त आफै दिन्थे पनि ।
सन् १९५९ मै पहिलोपटक सत्रामा पुग्दा ‘लि’को एउटै उद्देश्य थियो, सानो मन्त्रिपरिषद् र भ्रष्टाचार शून्य सरकार बनाउने । त्यो नीतिमा उनी निरन्तर लागे र सफल पनि भए ।

प्रधानमन्त्रीको शपथ लिदा सेतो सर्ट र सेतोपाइन्ट लगाएर उनले सफाइमा जोड दिए । पवित्रता र इमान्दारिताको सुरुवात लवाइबाट हुन्छ भन्ने मान्यतामा जोड दिदै उनले सबैलाई काम गराइमा पवित्रता र इमान्दारितामा ध्यान दिन अन्य मन्त्रीहरुलाई आदेश दिए । उनको मन्त्रीमण्डलमा एक जना बाहेक सबै विश्वविद्यालय टेकेका मन्त्रीहरु थिए । उनले पनि त्यस्ता मन्त्रीहरु मात्रै छाने जसकी पत्नीले काम गरिरहेकी छन्, परिवारलाई भरथेग गरिरहेकी छन् । यसो गर्दा मन्त्रीले भ्रष्टाचार गर्नु पर्दैनथ्यो । लिको धारणा थियो, मन्त्रीहरु नै सफा भए भने कर्मचारीहरु सफा हुन बाध्य हुन्थे, मन्त्रीहरु नै खुला र छाडा भए भने अरुका लागि पनि खुल्ला र छाडा हुन बाटो खुल्छ । प्रतिपक्षी कम्युनिष्टहरुले ‘लि’को विरोध गर्नै नसक्ने परिस्थिति आयो ।

करबापत जम्मा भएको एक डलर पनि जनताको तल्लो तहमा पुग्नुपने र बीचकमा तर ‘तर चाट्ने’ अवस्था नराख्न लिले विशेष पहल गरे । बढी भ्रष्टाचार हुने ठाउँमा स्वयं लिले चासोपूर्वक काम गराउँथे । यसो गर्दा भ्रष्टाचार हुने मूल नै सुक्थ्यो र मूल सुक्दा भ्रष्टाचार रोक्न, पहिचान गर्न र ध्वस्त पार्न मद्दत पुग्यो ।

भ्रष्टाचार रोक्नका लागि सन् १९५२ ताका नै करप्ट प्राक्टिसेज इन्भेस्टिगेसन ब्युरो (सिपिआइबी) गठन गरिएको थियो । तर, यो संस्थाले पहुचवालालाई केही नगर्ने र मध्यमवर्गका भ्रष्टाचारीहरुलाई मात्र अठ्याउने चलन थियो । प्रहरी, सरकारी कर्मचारीहरुमा यस्तो प्रवृत्ति बढ्ता देखिन्थ्याने । भ्रष्टानचार रोक्नका लागि सन् १९६० मा नया नीति पारित गरे र यो सिधा प्रधानमन्त्रीको मातहतमा रहेर काम गर्ने बनाइयो ।

यसपछि लिले सडक–सडकमा प्रहरी र टोले दादाहरुलाई तिर्नुपर्ने पाच दस डलरको रकममा हुने भ्रष्टाचारलाई केन्द्रित पारे । त्यति मात्र होइन, ठूला मन्त्रीहरुलाई पनि भ्रष्टाचारको मुद्दामा नाम पोलिने बित्तिकै उनले कारबाही गरिहाल्थे । राष्ट्रिय विकास मन्त्री टान किया गान, वातावरण मन्त्री वि टुन बुन, पिएपीका सांसद फे यु कोकजस्ता उनीसँग नजिक रहेका व्यक्तिहरुलाई पनि उनले क्रूरतापूर्वक कारवाही गरे, जेल हाले र देश निकाला गरे । अर्का मन्त्री तेह चियाङ वानले त भ्रष्टाचार मुद्दामा मुछिएपछि आत्महत्या नै गरे ।

भ्रष्टाचारविरुद्ध लागिपर्ने संस्थालाई निडर भएर काम गर्ने लिले यति प्रोत्साहित गरे कि त्यसको परिणाम आज पनि सिंगापुर संसारकै कम भ्रष्ट मुलुकमध्येमा पर्दछ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नामक संस्थाले सिंगापुर संसारकै कम भ्रष्टाचार हुने दशौं मुलूकका रुपमा उल्लेख गरेको छ । हङकङ, जापान र ताइवानभन्दा निकै अगाडि सिंगापुरको नाउँ आउँछ ।

सिंगापुरमा भोट हाल्नु अनिवार्य गरिएको छ । निर्वाचन अनिवार्य भइसकेपछि जनताले भोट हाल्नैपर्छ । भ्रष्टाचार गर्ने बाटो सुकाएपछि विपक्षीले लोभ्याउन सक्ने कुरै भएन । सत्तामा रहुञ्जेल सरकारले राम्रो काम गरेपछि सत्तापक्षीय पार्टीले पनि जनतालाई घुस ख्वाई ख्वाई भोट हाल भन्नु परेन । एउटा चित्त बुझ्दो चक्रीय प्रणाली लिले बनाए ।

सुरुमा आफू प्रधानमन्त्री हुँदा देशको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरुको तलब घटाएका थिए । उनले आफ्नो तलब पनि घटाए र मन्त्रीहरुको पनि । जसै देशको विकासले गति लिन थाल्यो कर्मचारीहरुको तलब आकर्षक तरिकाले बढाए । त्यसपछि मन्त्रीहरुको तलब बढाए । आफ्नो चाहि मासिक तलब ३ हजार पाँच सयमै सीमित राखे । समय क्रममा सिंगापुरका निजी कम्पनीमा काम गर्ने कामदारहरुको भन्दा मन्त्रीको तलब कम भयो । पछि स्वतः तलब बढ्ने प्रणाली पनि विकास गरे ।

निजि क्षेत्रमा गज्जबले नाम र दाम कमाएको वकिल, विकित्सकलाई सरकारी जागिरमा तान्दा कहिलेकाही ठूलो मूल्य चुकाउनु परे पनि वकिलको तलब बढी हुन, जान्थ्यो । तर, उसलाई ल्याएपछि जुन परिणाम आउँछ, त्यसले सम्पूर्ण सिस्टममा नै सकारात्मक प्रभाव पार्छ । यस्तो परिणाम ल्याउने कुरामा जति ध्यान दिइन्थ्यो, उति नै आर्थिक संकटका बेला तलब घटाउने कुरामा पनि उत्तिकै सक्रिय भएर लि लागेका छन् । सन् १९९७ ताकाको आर्थिक संकटका बेला सबै मन्त्री, ठूला कर्मचारीहरुको तलब स्वात्तै घतेको उदाहरण सिंगापुरमै मात्र देख्न सकिन्थ्यो ।

सन् १९९० मा लि क्वान युले प्रधानमन्त्री पद छाडेपछि लिकी पत्नी चुले मन्त्रीहरुलाई प्रभावमा पारी आफू र उपप्रधानमन्त्री रहेको छोराका नाउँमा दुईवटा महङ्गो घर खरिद गर्दा १ लाख डलर बराबरको छुट लिएको भनी विपक्षीले ठूलो हल्ला मच्चाए । विदेशी अखबारमा लिको उछित्तो काढ्ने यो सही मौका थियो । तर, ‘लि’ले तिनीहरु सबैको मुख बन्द गरिदिए किनभने जुन छुट दिइएको थियो, त्यो छुट कानूनबमोजिम नै थियो । अर्कोतर्फ १ लाख डलरको जुन छुट पाएका थिए, त्यो बराबर विषयमा छलफल चलाए । छलफलमा विपक्षीहरुले पनि उनको तारिफ गरे ।

सरकारमा जानेबित्तिकै उनले क्लिन एन्ड च्रिन सिंगापुरको अभियान चलाए । कतिलाई झुप्राबाट राम्रा भवनमा पनि सारे । तर, लागेको बनी कहिल्यै सुधिदैन भनेजस्तै राम्रा भवनमा सारिए पनि मानिसले अपार्टमेन्टभित्रै सुगुर, कुखुरापालनजस्ता क्रियाकलाप गरे । सडकमा गाईवस्तुहरु असरल्ल रल्लिरहेका हुन्थे । एकपटक सहरकै चर्चित वकिलले सडकमा हिडिरहेको गाईलाई ठक्कर दिएर मारेपछि दंगा नै होलाजस्तो अवस्था आएको थियो । गाई मात्र होइन, बाख्रा, चौपायाधनीलाई चेतावनी दिए । पछि ती सबै रोकिए ।

उनले हरियाली अभियान सुरु गर्दा मानिसहरु हाँस्थे र भन्थे, ‘अहिले रोपिएका बिरुवाहरु केही दिनपछि मर्छन्, अनि कतिले उखेलिदिन्छन् । नभन्दै केही विरुवाहरु मरे र कति त जनताले नै उखेलिदिए । एकजना डाक्टरले त सडकमा रोपिएका महङ्गा कतै नपाइने बिरुवालाई उखेलेर आफ्ना घरमा रोपे । तर, त्यस्ता घटना सीमीत थिए र अधिकांश बचेकुचेका रुखहरु बढ्दै जाँदा सहरमा ती गर्वका प्रतीक बन्न थाले । अर्कोतर्फ सफाइ अभियानका कारण अति फोहोर गल्ली पनि हेर्दा चिटिक्को देखिन थाल्यो । यस्तो सफाई अभियान उनले राम्रो गल्लीदेखि उपेक्षित गल्लीसम्मलाई ध्यानमा राखेका थिए । सफाइ हुनु अघिको गल्ली र सफाइ पछिको गल्ल्को चार्ट बनाएर सर्वसाधारणलाई परिवर्तनको अनुभव गराउथे ।

प्रशस्त रोजगारी सिर्जना हुन थालेपछि मानिसहरु आफै सरसफाईमा चासो राख्न थाले । त्यसमाथि सानो इकाड्सम्म अगुवाहरुले सरसफाइमा ध्यान दिन थाले । दुई–दुईवटा जातीय दंगा चर्किदाको अवस्थामा अनुशासन र नियमकानुनलाई धोती लाइदिने परम्परा सुरु भएको थियो । तर, अकस्मात् देशले विकासको गति लिन थालेपछि मानिसमा अनुशासन सुरु भयो ।

पछि कैयौ विदेशी नेताहरु भ्रमणमा आउँदा सहरको हरियालीबाट ज्यादै प्रभावित भए । हङकङले त ‘लि’को अभियानबाट प्रभावित भएर फोहोरविरुद्धको अभियान नै सुरु गर्यो । यस्तै सन् १९७१ को जनवरीमा कमनवेल्थ देशहरुको सम्मेलनको क्रममा सर्वसाधारणलाई कसरी अतिथिहरुसग व्यवहार गर्न भन्ने सिकाए । सगैमा उनले के पनि सिकाए भने, आउने अतिथिहरुलाई मात्र सम्मान गर्ने होइन, आफ्नै दाजुभाइ, आफ्ना देशका नागरिकमाथि पनि उत्तीकै सम्मानपूर्ण व्यवहार गर । हामीले हामी आफैलाई सम्मान नगरेसम्म अरुलाई सम्मान गर्न सक्दैनौ, गरे पनि त्यो कृतिम हुन्छ ।

सिंगापुरको हरियालीबाट प्रभावित भएर मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले क्वालालम्पुरलाई हरियालीयुक्त सहर बनाए । जकार्तालाई पनि राष्ट्रपति सुकार्तो र फिलिपिन्सका मार्कोसले मनिला र थाइल्याण्डको राजधानी बैककलाई प्रधानमन्त्री थानिनले हरियो बनाए । लि क्वान युले भनेका छन्, ‘प्रतिस्पर्धा ज्यादै खतरनाक हुन्छ । तर, हरियाली बनाउने प्रतिस्पर्धा चाहि सबैभन्दा राम्रो प्रतिस्पर्धा बन्यो ।’

यसरी हरियाली छाउनका लागि उनले उपयुक्त पात्र पनि छनोट गरे । उनेले मलय मूलका वङ यु क्वानलाई यसको जिम्मा दिए । उनी बिरुवामा सोखिन थिए । उनले मलेसियामा छँदा ठूलो व्यवसायिक बगैंचामा काम गरिसकेका व्यक्ति थिए । उनले सडक किनारका हरेक बिरुवालाई उत्तिकै माया गर्थे । त्यसमाथि हरेक दिन लि क्वान युले उनलाई लामो सूची थमाइदिन्थे, के–के गर्ने र के–के नगर्ने भनेर । उनीपछि कृषि विज्ञ चुवा सियान इङ हरियाली प्रमुख बनाइए ।

उनको सफाइ अभियानको अर्को ठूलो सफलता सिंगापुर नदी र रोचोर नहरमा भएका फोहोरलाई निमिट्यान्न पार्नुमा थियो । ति दुवै नदी र नहरमा उद्धोगको फोहोर बग्थ्यो । त्यही किनारमा सुगुरका खोर थिए । कसै कसैले छेउमा माछा पोखरी पनि बनाएका थिए । ति सबैलाई ठाउँ सारिदिएर नदी किनार सफाइ अभियान सुरु गरे ठाउँ सार्नु कम्ता कठिन काम थिएन । तर, सफाई अभियान सार्थक बन्यो । यसले व्यवसायको अर्को ढोका पनि खोल्यो, ती मानिसहरुलाई आवश्यक पर्ने चिया–खाजा, बियर आदिको व्यवस्था गर्न स–साना रेस्टुराको व्यापार मज्जाले चम्केको छ ।

यस्तै कृषिमा आधुनिकीकरण ल्याउन कतिपय कृषिकर्म, गाईपालन, पशुपालन गरिरहेकाहरुको सानो समूह भएकाले यसलाई बृहत स्तरमा सरकारी तवरबाटै ठूलो उद्योग खडा गर्न कतिपयको बारी, गोठ र तिनका गाईवस्तु सरकारले नियनत्रणमा लियो । तिनलाई गाउ भन्दा गतिलो बस्ने ठाउँ दियो ।

कसैले कुनै उद्योग स्थापना गर्छ भने उसले आफ्नो वपिरपरिको वातावरणलाई हरियालीयुक्त बनाउनैपर्ने नियम लागाइदिए । त्यस्तै मानिससँग धन बढ्दै जाँदा उसको सोख पनि बढ्दै जान्छ । खासगरी गाडीमा सहरियाहरुको विशेष लगाव हुनछ भन्ने बुझाइले उनले गाडी चढ्न चाहनेले एन्टी पोल्युसन युनिटबाट गाडीले फयाक्ने धुवाको फोहोर मापन नगरी चलाउन नपाउने बनाइदिए । उनले गाडीले बजाउने हर्नमा समेत सीमितता लगाइदिए ।

सन् १९७५ मा जापन भ्रमणमा जाँदा ‘लि’ले एउटा गज्जबको दृश्य देखे । उनी बसेको होटलमा काम गर्ने महिलाले आफू निस्केपछि हरेक पटक कोठाको बत्ती निभाउथिन् । पछि उनले सोधे, ‘हरेक पटक म निस्केपछि तिमीले बत्ती निभाउछ्यौ नि ?’ उनले जवाफ दिइन्, ‘हाम्रो देशमा यतिबेला ऊर्जा संकट बढेको छ । एक मिनेटका लागि मात्र पनि विद्युत ऊर्जा बचायो भने धेरै ठूलो योगदान हुन्छ ।’

उनको यो जवाफ सुनेर लि चकित परे । होटलमा काम गर्ने जाबो एउटी कामदारमा देशका लागि ऊर्जा बचाएको कुरा गर्वका साथ सुनाइरहेकी थिई । एकछिनको ऊर्जाले पनि देश बन्छ भन्ने उनले सोचेका पनि थिएनन् । मानौं देशभरिका मानिसले खेर गइरहेको विद्युत ऊर्जालाई एक मिनेटका लागि मात्र बचाए भने करोडौं मिनेट बचत हुन्छ । त्यो करोडौं मिनेट बचत भएको ऊर्जा ज्यादै आवश्यक परेकाहरुले प्रयोग गर्ने अवसर पाउछन् । यस्तो ऊर्जा बचतको क्रम त्यहा बिजुली बत्तीमा मात्र थिएन, हरेक कुरामा थियो ।

जापानी प्रबन्ध तथा व्यवस्थापन शैली संसारभर नै प्रख्यात छ । त्यस्तै प्रबन्ध र व्यवस्थापन शैलवी सिंगापुरेलाई सिकाउन ‘लि’ले नेसनल प्रोडक्टिभिटी बोर्ड निर्माण गरे । १० वर्षे कार्यनीति लिएर जापानी जत्तिकै सशक्त प्रबन्ध र व्यवस्थापन शैली, शिल्प अंगाल्ने रणनीति बनाए । त्यसले निकै राम्रो सफलता हात पारेको ‘लि’को अनुभव छ ।

‘जापानीबाट ‘लि’ले सिकेको अर्को पक्ष थियो, कम्पनीलाई निरन्तर नाफामा लैजानु छ भने आफ्ना कामदारहरुलाई निरन्तर सिकाउनुपर्छ, निरन्तर तालिम र अवसर दिइरहनुपर्छ । आफ्ना कर्मचारीमाथि गरिएको लगानी कहिल्यै खेर जाँदैन । ‘लि’ले लेखेका छन्, ‘सिकाउने र निरन्तर सिकाउने उनीहरुको दर्शनले उनीहरुलाई सधैं अगाडि नै बढाएको छ । कहिल्यै पछि पर्नु परेको छैन भलै उनीहरुले अंग्रेजी भाषालाई मुख्य भाषा नअंगालेका होउन् ।’

जापानको प्रगतिको मुख्य कारण त्यहाँका जनतामा रहेको ऐक्यवद्धता, अनुशासन, बुद्धिमत्ता, उद्यमीपन र राष्ट्रका लागि योगदान दिने चाहना नै भएको ‘लि’ले पाए । बरोबर भूकम्प, सामुद्रिक आँधी तथा अन्य प्राकृतिक प्रकोपले दुःख दिए पनि उनीहरु डटेर सामना गर्ने गरेकाले पटकपटक लडेर उठेको उनले पाए । भूकम्प आउँदा अन्य क्षेत्रमा लुटमार चल्छ भने त्यहाँ त्यस्तो काम विरलै हुने गर्दछ ।

लिले विकासको अर्को मोडल दक्षिण कोरियाबाट पनि लिएका छन् । उनी दक्षिण कोरियालीहरुको बढीभन्दा बढी बचत गर्ने शैलीबाट प्रभावित भएको बताउने गरेका छन् । पाँच सय वर्षभन्दा बढी समयदेखि जापानी अतिक्रमणको रक्षा गरेका र ३५ वर्षभन्दा बढी जापानीहरुबाट शासित भएकाले तिनमा जापानीहरुलाई ईष्र्या गर्ने चलन देखे । चिनियाँहरुलाई नजिकको ठान्ने गरेको पनि उनले पाए ।

सिंगापुरलाई यति विकसित कसरी बनाउनुभयो भन्ने प्रश्नमा ‘लि’ले भन्ने गरेका छन्, ‘पहिलो नम्बरमा सरकारको जासुसी संयन्त्र राम्रो बनाउनुस् । दोस्रो नम्बरमा जहिले पनि मध्यमार्गी बाटो लिनुस् । तेस्रो नम्बरमा भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अगाल्नुस् । बुढा सरकारी कर्मचारीलाई बिस्तारै पाखा लगाएर नयाँ र ऊर्जावानलाई ठाउँ दिनुस् । तिनलाई राम्रो तलब दिनुुस् ।’

अनि चुनाव चाहिँ बरोबर कसरी जित्ने भन्ने प्रश्नमा उनको उत्तर छ, ‘मैले जनतालाई कहिल्यै ढाँटिन, झूटो आश्वासन दिइनँ । गर्न सक्ने कुरा मात्र गरें । भनेको कुरा पूरा गरें । यसले ममाथि उनीहरुको विश्वास बढायो । मैले जुन कुरामा कहिल्यै विश्वास गरिनँ’, त्यसलाई मैले बढाइचढाई जनतालाई भनिनँ । जनतालाई विस्तारै थाहा भयो, ‘म इमान्दार छु र भनेको कुरा पनि सचेत छु ।

१० वर्षे विकासको क्रममा चीनले सिंगापुरलाई हेर्ने दृष्टि परिवर्तन हुन थाल्यो । दक्षिणपूर्वी देशहरुमा सोभियत प्रभाव बढ्न थालेकाले पनि चीनले आफ्नो नीति परिवर्तन गर्नुपर्ने आवश्यकता बोध गर्यो । चीनले परिवर्तन गरेको नीति, जसलाई ‘पिङपोङ डिप्लोमेसी’ पनि भनिन्छ, यसले सिंगापुर र चीन बीच थोरै निकटता ल्यायो । तर, चीनको निकटता चाहिरहेका बे्ला ‘लि’ले रुसी पानी जहान मर्मतका लागि १९७४ मा आइपुग्दा तिनलाई भेदभाव नगर्ने नीति पनि लिए ।

एकपटक देङले ‘लि’लाई सोधे, सिंगापुरजस्तै चीन बनाउन मैले के गर्नुपर्छ ? ‘लि’को उत्तर थियो, ‘तीन कुरामा ध्यान दिनुस्, सडक तथा रेलजस्ता कुरामा बढी नै ध्यान दिनुस् । स्तरीय सडक सञ्जाल बनाउनुस् । दोस्रो, प्रविधिमैत्री फ्याक्ट्री बनाउनुस् । पूराना फ्याक्ट्रीमा नयाँ प्रविधि जडान गर्नुस् । तेस्रो दक्ष जनशक्तिमा जोड दिनुस्, तिनलाई सक्षम बनाउनुस् । कामप्रति जिम्मेवार बनाउनुस् । यति कुरा गर्न सक्नुभयो भने देश बन्न बेर लाग्दैन ।’

विकासको व्यवस्थापन पनि एउटा कला हो । विकास त आयो तर त्यसले भ्रष्टाचार, नातावाद र महंगी पनि निम्त्यायो भने त्यसको काम हुँदैन । उनले आफ्नो देहान्तअघि नै आफ्ना छोरालाई सिंगापुरको प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका थिए । त्यसका लागि उनले आफ्नो ४० वर्षे सत्ता आरोहणबाट ओर्लनुपर्ने आवश्यकता बोध गर्न थालेका थिए । त्यसैले उनले सन् १९९० बाट अरुलाई नै प्रधानमन्त्रीत्व सुम्पने घोषणा १९८८ मै घोषणा गरिसकेका थिए ।