अम्पायरसँग विवाद गरेपछि कारबाहीमा परे सन्दीप

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा एकपछि अर्को छलाङ मारिरहेका छन् । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा उनको टिमले कमजोर प्रदर्शन गरेको थियो । तर, सन्दीपको प्रदर्शन भने सन्तोषजनक नै रह्यो ।

शनिबार पीपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोज र विराटनगर टाइटन्स भिडेका थिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले शनिबारको खेलमा ‘नो बल’को विषयमा रेफ्रीसँग विवाद गरेपछि उनलाई कारबाही गरिएको हो ।

सन्दीपले अम्पायरसँग नो बलको विषयमा अभद्र व्यवहार गरेपछि उनको एक अंक घटाइएको छ । उनीसँगै उक्त खेलमा विराटनगरका किशोर महतोले पनि अम्पायरसँग विवाद गरेका थिए । उनी पनि पीपीएलको कारबाहीमा परेका छन् । उनको पनि एक अंक घटाइएको छ ।