गुण्डा नाइके समीरमानकी श्रीमती माया पक्राउ

Ladies arrest
साङ्केतिक तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

मायालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाको टोलीले गौचन हत्याको आरोपमा कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरुको पक्राउसँगै मायाको संलग्नता खुलेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुले दिएको बयानअनुसार समीरमानकी श्रीमतीको समेत संलग्नता रहेको देखिएपछि पक्राउ पुर्जीका आधारमा उनलाई समातिएको हो ।

उनी गौचन हत्या, दुर्गा तिवारी हत्या र गुण्डा नाइके दावामा लामामाथि गोली प्रहारजस्ता ठूला अपराधिक घटनामा संलग्न रहेको प्रहरीले जनाएकोछ ।