२६ नेपाली विद्यार्थीलाई ताइवानको एकै विश्वविद्यालयमा छात्रवृति

Shanbhu KC
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक । ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजीले २६ नेपाली विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

उक्त विश्वविद्यालयले कृषि विषयमा स्नातक तहको अध्ययन गर्न एकै पटक २६ नेपाली विद्यार्थीले शतप्रतिशत छात्रवृति प्रदान गरेको हो । नेपालबाट शम्भु केसी र ताइवानको विश्वविद्यालय प्रा. डा. लेखनाथ काफ्लेको सक्रियता र पहलमा नेपाली विद्यार्थीहरूले उक्त विश्वविद्यालयमा शतप्रतिशत छात्रवृति अध्ययन गर्ने सुविधा पाएका हुन् ।

कृषि प्रधान देश नेपाललाई व्यवसायिक र आधुनिक कृषिमा सहयोग पुर्याउनले उद्देश्यले छात्रवृति प्रदान गरिएको उक्त विश्वविद्यालयका प्रा. डा. काफ्लेले बताए ।

पछिल्लो समय ताइवानले नेपाली विद्यार्थीहरूलाई विभिन्न खोज तथा अनुसन्धानका लागि छात्रवृति दिइँदै आइरहेकोले नेपाली विद्यार्थीहरूले छात्रवृति मार्फत उच्च शिक्षाको अवसर लिन सक्ने र आफूले सक्दो सहयोग पुर्याउने शम्भु केसीले जानकारी दिए ।