मायालाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको आदेश

Maya Sherchan
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकी गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या, दुर्गा तिवारी हत्या तथा पेस्तोल सप्लाई काण्डमा संलग्न रहेको आरोपमा मायालाई प्रहरीले आइतबार गरेको थियो ।

गौचन हत्या काण्डमा पक्राउ परेकाहरुले दिएको बयानको आधारमा उनको संलग्नता खुलेको थियो ।