बजार अनुगमनप्रति व्यवसायीको आपत्ति

new-NCC
लाेकपाटी न्यूज

काठमाडौं । वर्षभरिकै कारोवारको ४० प्रतिशतभन्दा बढी कारोवार हुने समय दशै तिहार छठजस्तो नेपालीहरुको महान् चाडको पूर्व सन्ध्यामा सरकारले बजार अनुगमन गरेको भन्दै व्यवसायीले विरोध गरेका छन् ।

व्यवसायीहरुले अनुगमनका क्रममा कारोबार स्थलको सिलबन्दी गरेको, लामो समयसम्म सिलबन्दी गरी राखेको भन्दै नेपाल चेम्वर अफ कमर्स र यस अन्तर्गतका व्यवसायी संगठनहरुले आपत्ति जनाएका छन् ।

दशैं, तिहारजस्तो व्यवसायीहरुको कारोवारको अत्यन्त महत्वपूर्ण समयमा सरकारले संकीर्ण मानसिकता र सस्तो लोकप्रियताका लागि बजार अनुगमन गरेको उनीहरुको आरोप छ । अनुगमनले व्यवसायीहरु निरास र आतकिंत भएको उनीहरुले दावी गरेका छन् ।

व्यवसायीहरुले उपभोक्ताको हकहित संरक्षणतर्फ नेपाल चेम्वर अफ कमर्स सदैव प्रतिवद्ध रहेको र अर्थतन्त्रमा संरचनागत परिवर्तन नै आवश्यकता रहेको सन्दर्भमा वस्तु तथा सेवाको मूल्य खुला अर्थतन्त्रमा व्यावसायीको अधिकार भएकोसमेत दावी गरेको छ ।