काँग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको छ ।

काँग्रेस महासमितिको बैठक मंसिर ५ देखि ९ गतेसम्मका लागि तय भइसकेको छ । तर, महासमितिको बैठक सार्ने चर्चा चलिरहँदा काँग्रेसले कार्यसमितिको बैठक बोलाएको हो ।

भोलि बस्ने बैठकले विधान संशोधनको मस्यौदामा छलफल गर्ने बताइएको छ ।