‘सरकार अब गियर फेरेर अघि बढ्छ’ : अध्यक्ष प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा नआउनु ठूलो खबर नभएको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने, ‘मलाई सबै थाहा छैन । तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’

विवाह पञ्चमीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने बताइएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्डले अझै पनि मोदी जनकपुर आउन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

नेकपाको चियापानमा सहभागी हुन विराटनगर पुगेका अध्यक्ष प्रचण्डले सरकार हिलोमैलोको सिजनमा एक नम्बर गियरमा चलेको बताए । उनले अब गियर फेरेर अघि बढ्ने समेत जानकारी गराए ।