यी हुन् १० धनाढ्य बलिउड अभिनेत्री, कसको सम्पत्ति कति ?

Priyanka and Kajol
लाेकपाटी न्यूज

एजेन्सी । फिल्मको पर्दामा सानदार जीवनशैलीमा रमाएका कलाकारहरुको वास्तविक जीवनशैली कस्तो होला ? हामीले अनुमान लगाउन सक्छौं । उनीहरुले राम्रो पारिश्रमिक लिन्छन् र सुन्दर जीवन बिताउँछन् । त्यस्तै आज हामी तपाईंलाई बलिउडका शीर्ष दश अभिनेत्रीका बारेमा बताउँदैछौं जसले पर्दासँगै वास्तविक जीवन पनि उत्तिकै सानदार रुपले जिएका छन् ।

धनाढ्य बलिउड अभिनेत्रीहरुको सूचीकादशौं स्थानमा पर्न सफल अभिनेत्री हुन् सोनम कपुर । भारतीय सञ्चारमाध्यमका अनुसार उनीसँग एक करोड ५० लाख डलर छ ।

अभिनेत्री काजोल देवगन यो सूचीमा नवौं स्थानमा रहेकी छन् । उनीसँग एक करोड ६० लाख डलरको सम्पत्ति रहेको बताइएको छ ।

अभिनेत्री अमृता राव यो सूचीमा आठौं स्थानमा रहेकी छन् । उनीसँग दुई करोड पाँच लाख डलर सम्पतिसम्पत्ति छ ।

मोडलिङबाट बलिउडमा सफल भएकी अभिनेत्री हुन् अनुष्का शर्मा । उनी बलिउडकी सातौं धनाढ्य अभिनेत्री हुन् । अनुष्कासँग दुई करोड ५० लाख डलर बराबरको सम्पत्ति छ ।

अभिनेत्री विद्या बालन धनाढ्य अभिनेत्रीको सूचीमा छैठौं स्थानमा रहन सफल भएकी छन् । बालनसँग उनीसँग पनि दुई करोड ५० लाख डलरको सम्पत्ति छ ।

अभिनेत्री प्रिती जिन्टा अहिले फिल्ममा खासै देखिइन्नन् । तर पनि उनी यो सूचीमा पाँचौ स्थानमा छिन् । उनीसँग तीन करोड डलरको सम्पत्ति रहेको छ ।

अभिनेत्री ऐश्वर्य राय बच्चन यो सूचीमा चौथो स्थानमा छिन् । उनीसँग तीन करोड ५० लाख डलरको सम्पत्ति रहेको छ ।

बलिउडकी सदाबहार सुन्दरी माधुरी दीक्षित भारतीय सिने बजारकी धनी अभिनेत्री हुन् । दीक्षितसँग ३ करोड ५० लाख डलर बराबरको सम्पत्ति छ । उनी यो सूचीको तेस्रो नम्बरमा रहेकी छन् ।

प्रियंका चोपडा बलिउडकी दोस्रो धनी अभिनेत्री हुन् । प्रियंकासँग चार करोड डलर बराबरको सम्पत्ति रहेको छ ।

अभिनेत्री दीपिका पादुकोण बलिउडकै सबैभन्दा धनी अभिनेत्री हुन् । उनीसँग चार करोड ५० लाख डलर बराबरको सम्पत्ति रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्