किरणसँग नुहाउँछन् आमिर

Aamir Khan
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान आइतबार राति करण जौहरको शो ‘कफी विथ करण’मा पाहुनाको रुपमा गएका थिए । त्यसक्रममा उनले आफ्नो जीवनको केही गोप्य कुराहरु पनि खोलेका थिए । शोमा आमिरलाई तपाईंले अहिलेसम्म कोहीकसैसँग सँगै नुहाउनुभएको छ ? भन्ने प्रश्न सोधिएको थियो । त्यसमा उनले जवाफ दिँदै भने, ‘म प्रायः पत्नी किरणसँग सँगै नुहाउँछु ।’

करणले आमिरलाई अर्को प्रश्नको रुपमा सोधेका थिए कि तपाईंले कसैलाई रिलेशनसिपमा धोका दिनुभएको छ अथवा एकै समयमा दुई जनासँग डेट गर्नुभएको छ ? आमिरले यसको जवाफ ‘छु’ मा टारे । उनले कसलाई धोका दिएको र को-कोसँग डेट गरेको भने खुलाएनन् । बरु पटक-पटक पत्नीसँग झुट बोल्ने गरेको चाहिँ खुलाए ।

शो मा आमिरले पहिलो पत्नी रीना दत्तासँग छुट्टिुनु निकै दर्दनाक भएको समेत बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्