डोल्पामा जीप दुर्घटना, १० को मृत्यु

Dolpa Jeep accident
लाेकपाटी न्यूज

डोल्पा, १९ कात्तिक । डोल्पामा जीप दुर्घटना भएको छ । दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।

भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडकबाट भेरी नदीमा खसेको हो ।

डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टका अनुसार दुर्घटनामा गम्भीर घाइते रहेका दुई जनालाई उपचारका लागि डोल्पा सदरमुकाम दुनै लगिएको छ ।

जीपमा करिब १२ जना रहेको बताइएको छ ।